यसै वर्ष स्वदेश फर्कने बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा « Khabarhub

यसै वर्ष स्वदेश फर्कने बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा गरेकी छिन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् । अठहत्तर वर्षीय हसिना विद्यार्थी नेतृत्वको आन्दोलनका कारण सन् २०२४ को अगस्टमा उनको १५ वर्ष लामो शासन अन्त्य भएपछि छिमेकी भारतमा आश्रय लिइरहेकी छिन् ।

त्यसयता उनी सार्वजनिक रूपमा निकै कम देखिएकी छिन् । गत जनवरीमा भने उनले नयाँ दिल्लीस्थित प्रेस क्लबबाट भिडियोमार्फत सम्बोधन गरेकी थिइन् । भारतीय टेलिभिजन एनडीटिभीसँगको अन्तर्वार्तामा हसिनाले आफ्नोविरुद्धको फैसला ‘गैरकानुनी, असंवैधानिक र राजनीतिक उद्देश्यले प्रेरित’ भएको दाबी गरिन् ।

उनले आफू मृत्युदण्डको सजायबाट नडराउने पनि बताइन् । “मेरोविरुद्ध धेरै षड्यन्त्र गरिए । तर ती सबैलाई पार गर्दै म जनताको मतबाट पाँच पटक प्रधानमन्त्री निर्वाचित भएँ र देशको विकासका लागि काम गरेँ”, उनले भनिन् । स्वदेश फर्किनेबारे सोधिएको प्रश्नमा हसिनाले भनिन्, “सबै बाधा र षड्यन्त्रलाई पार गर्दै म यसैवर्ष आफ्नो देश फर्कनेछु ।”

गत नोभेम्बरमा ढाकाको एक अदालतले आन्दोलनका क्रममा हिंसा भड्काएको, हत्या गर्न आदेश दिएको तथा अत्याचार रोक्न असफल भएको ठहर गर्दै हसिनालाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो । यसैबीच, हसिनाको नेतृत्वमा रहेको पूर्वसत्तारुढ अवामी लिगको गतिविधिलाई पनि बङ्गलादेशमा गैरकानुनी घोषणा गरिएको छ ।

उता, गत फेब्रुअरीमा बङ्गलादेशमा भएको निर्वाचनपछि प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै भारत–बङ्गलादेश सम्बन्धमा केही सुधार आएको बताइए पनि हसिनाको सुपुर्दगीको विषयमा दुवै देशबीच मतभेद कायमै छ । बङ्गलादेशले भारतसँग हसिनाको सुपुर्दगीको माग दोहोर्‍याउँदै आएको छ ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ७ : २८ बजे

सुरुङमा फसेकाको उद्धारमा विदेशी सहयोग नलिएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले १० भदौको रसुवाको भोटेकोशीमा गएको भीषण

‘सरकार बाढीपीडितसम्म पुग्नै सकेन, मन्त्री र सांसदहरू सामाजिक सञ्जालमा रमाइरहेका छन्’

काठमाडौँ । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकार बाढीपीडित नागरिकसम्म

जलवायु परिवर्तनका कारण भोटेकोशीमा बाढी आयो : प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने

भोटेकोशी बाढी : एक हजार ६८ शव भेटिए, चार हजार ६०६ सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको