बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध « Khabarhub

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर इलाम, रसुवा, नुवाकोट, धादिङ, रोल्पा र रुकुम पश्चिमका केही सडक तथा राजमार्ग आंशिक तथा पूर्णरुपमा अवरुद्ध रहेका छन् ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, रसुवाको त्रिशूली–मैुलुङ–स्याफ्रुबेसी सडक खण्ड र नुवाकोटका मुख्य राजमार्गहरू बाढीका कारण पूर्ण रूपमा बन्द रहेका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङका विभिन्न स्थानहरू (ज्वाङखोला, गल्छी, बैरेनी) मा बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।

बीपी राजमार्ग बीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेसीमा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै रात्रिकालीन समय (साँझ ६ देखि बिहान ४ बजेसम्म)मा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन निषेध गरिएको छ ।

नुवाकोटको टोखा–छहरे सडक खण्डमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

मेची राजमार्ग अन्तर्गत इलामको राजदुवालीमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यहाँ अर्को वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले सुझाव दिएको छ ।

रोल्पास्थित सहिद राजमार्गमा पहिरोका कारण यातायात ठप्प भएको छ । त्यसैगरी, रुकुम पश्चिममा पर्ने जाजरकोट–डोल्पा सडक खण्ड पनि रिजेगाड खोलामा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

काठमाडौं उपत्यकाको मुख्य प्रवेश मार्ग नागढुङ्गा–मुग्लिन सडक भने हाल पूर्ण रूपमा सुचारु रहेको छ । यद्यपि, धादिङको बैरेनी बजारको १ किलोमिटर क्षेत्रमा भने सडक एकतर्फी मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ८ : २४ बजे

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा