थुनिएको मर्स्याङ्दी नदी खुलाउन थालियो « Khabarhub

थुनिएको मर्स्याङ्दी नदी खुलाउन थालियो


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मनाङ- अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितका ढुङ्गा, गिट्टी र बालुवाले थुनिएको मर्स्याङ्दी नदी खुलाउन थालिएको छ ।

नदी थुनिएर बनेको तालको पानी निकास गरी नदीको बहावलाई पुरानै अवस्थामा फर्काउन काम सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उनका अनुसार धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको छ । उपलब्ध एक्साभेटरलगायतका उपकरण प्रयोग गरी नदी खुलाउने काम थालिएको र ठूला चट्टान हटाउनुपर्ने देखिएकाले त्यसको तयारी भइरहेको छ ।

‘पुलमाथिबाट नै नदीले धार परिवर्तन गरेकाले त्यस क्षेत्रका केही घर डुबानमा परेका छन्,’ उनले भने।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्थानीय स्रोतसाधन प्रयोग गरेर नदीको बहाव खुलाउन सकिए स्थानीयवासीलाई छिट्टै घर फर्काउन सकिने बताए। चट्टान विस्फोट गरी फुटाउँदा मर्स्याङ्दीको तटीय क्षेत्रमा थप जोखिम हुनसक्ने भएकाले सावधानी अपनाउनुपर्ने उनले बताए।

‘एक्साभेटरले अडिएका ढुङ्गा केही हटाउन सकिए तटीय क्षेत्रमा कम क्षति पुग्नेछ,’ उनले भने।

लमजुङ हिमाललाई शिर मानिएको घट्टेखोलामा लेदोसहितका ठूला ढुङ्गा खसेपछि मर्स्याङ्दी नदी थुनिएको हो । वरपरका क्षेत्रमा क्षति नपुग्ने गरी विस्फोट गराएर चट्टान फुटाउने र नदीको बहावलाई पुरानै लयमा फर्काउने विषयमा अध्ययन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

नदीको बहाव खुलाउन सके स्थानीयवासीमा देखिएको त्रास कम हुने र जनजीवन सहज बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

बाढी र पहिरोका कारण सो क्षेत्रमा विद्युत्, खानेपानी, टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएका छन् भने सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको छ । ङिस्याङ गाउँपालिका–४ हुम्डेमा बाढी र पहिरोका कारण आसपासका बस्तीका घरमा पानी र हिलो पसेको छ ।

सब्जे खोलाबाट सञ्चालित लघुजलविद्युत् आयोजनाको विद्युत्गृहमा क्षति पुगेपछि विद्युत् आपूर्ति पनि अवरुद्ध भएको छ ।

यसअघि २०७८ सालमा पनि घट्टेखोला, ठाडो खोला र मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङमा ठूलो भौतिक क्षति पुर्‍याएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १२ : ४८ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी