काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो शुक्रबार प्रतितोला सुन २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला ३ हजार २१५ रुपैयाँ कायम भएको छ । शुक्रबार एक तोला चाँदी ३ हजार १९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।














प्रतिक्रिया