गाजाको ७० प्रतिशत भू-भाग कब्जा गर्न नेतन्याहूको निर्देशन « Khabarhub

गाजाको ७० प्रतिशत भू-भाग कब्जा गर्न नेतन्याहूको निर्देशन


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुँले गाजाको थप भू-भाग कब्जा गर्न सेनालाई निर्देशन दिएका छन् । बिहीबार दिएको अभिव्यक्तिमा उनले प्रारम्भिक चरणमा गाजाको करिब ७० प्रतिशत क्षेत्र आफ्नो नियन्त्रणमा ल्याउने लक्ष्य रहेको बताएका हुन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो कदम इजरायल र हमासबीच सन् २०२५ अक्टोबरमा भएको युद्धविराम सम्झौताविपरीत मानिएको छ।

हाल गाजाका अधिकांश बासिन्दा समुद्री तट नजिकको सानो क्षेत्रमा सीमित हुन बाध्य भएका छन् । विभिन्न अन्तर्राष्ट्रिय अनुमानअनुसार इजरायलले यसअघि नै गाजा पट्टीको करिब ६४ प्रतिशत भूभागमा प्रभावकारी नियन्त्रण कायम गरिसकेको छ।

सन् २०२३ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणपछि सुरु भएको युद्ध दुई वर्षदेखि जारी छ । त्यसयता इजरायली सैन्य कारबाहीका कारण गाजाको ठूलो हिस्सा ध्वस्त बनेको छ भने मानवीय संकट पनि गहिरिँदै गएको छ।

 गाजा पट्टीमा जारी युद्धका कारण हजारौं मानिस विस्थापित भएका छन् भने खाद्य, स्वास्थ्य र आधारभूत सेवामा गम्भीर संकट देखिएको अन्तर्राष्ट्रिय निकायहरूले बताएका छन्।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ११ : ०५ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण