आगामी आवको बजेट सुशासनको मानक बन्नेछ : अर्थमन्त्री « Khabarhub

आगामी आवको बजेट सुशासनको मानक बन्नेछ : अर्थमन्त्री


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सुशासनको मानक बन्ने बताएका छन् ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४को बजेट प्रस्तुत गर्दै उनले आगामी आवको बजेटले नीति, कानून, संस्था, प्रक्रिया र नेतृत्वमा सुधार गर्दै सुशासन कायम गर्ने बताएका हुन् । 

‘नीतिगत अनिर्णय, ढिलासुस्ती, संस्थागत कब्जा तथा राज्य स्रोतको दोहन अन्त्य गर्दै परिणाममुखी शासन प्रणाली निर्माण गर्नु अहिलेको आवश्यकता हो’, उनले भने ।

 
हाम्रो मुलुक बृहद आर्थिक सुधारको निर्णायक मोडमा उभिएको उल्लेख गर्दै उहाँले मुलुकको अर्थतन्त्रमा व्यापक सुधार र सुशासनमा बजेट केन्द्रित रहेको बताए । उनका अनुसार आगामी आर्थिक वर्षको बजेट त उत्पादनमुखी अर्थतन्त्र, सुशासन र प्रविधिमैत्री विकासमा केन्द्रित रहनेछ । 

अर्थमन्त्री वाग्लेले वर्तमान सरकारलाई प्राप्त जनादेशलाई असाधारण जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै राज्यको चरित्र, शासकीय संस्कार र अर्थतन्त्रको स्वरूप रूपान्तरण गर्ने दिशामा सरकार अघि बढेको बताए । बजेटलाई केवल संवैधानिक औपचारिकता नभई नीतिगत रूपान्तरणको विश्वसनीय दस्तावेजका रूपमा प्रस्तुत गरिएको उनको भनाइ छ ।

बजेटमा सूचना तथा सञ्चार, कृत्रिम बुद्धिमत्ता, वित्त, व्यापार, लगानी तथा विश्वभर फैलिएको नेपाली समुदायको सामूहिक सामर्थ्यलाई आर्थिक रूपान्तरणका प्रमुख आधारका रूपमा प्रस्तुत गरिएको उनको भनाइ छ । सरकारले नयाँ प्रविधिको उपयोगमार्फत समन्वित आर्थिक वृद्धिको नयाँ संरचना निर्माण गर्ने लक्ष्य लिएको जनाएको उनले उल्लेख गरे । 
 

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ४ : ३९ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक