पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य « Khabarhub

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्भेबीच थप सम्झौताका लागि आन्तरिक तयारी गरेको हो ।

पेट्रोलियम पदार्थको आन्तरिक उत्पादनका लागि चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा पहिलो चरणको ‘ड्रिलिङ’, अन्वेषण कार्यलगायत सकिएको जनाएको छ । 

पेट्रोलियम पदार्थको ड्रिलिङ र अन्वेषण कार्यहरू सम्पन्न गरेको विभागले व्यावसायिक उत्पादन सुरु गर्न उक्त सम्झौताका लागि विभागले आवश्यक सहयोग प्राप्त गर्न सरकारसँग समन्वय गरेको हो ।

विभागले चीनको प्राविधिक टोलीसँगको सहकार्यमा हालै सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे सम्पन्न गरेको पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले जानकारी दिए।

पेट्रोलियम पदार्थ उत्पादन तथा भण्डारण परिमाणको अध्ययनका लागि गरिएको नमूना परीक्षणले समेत पेट्रोल र प्राकृतिक ग्यासको सम्भावनालाई पुष्टि गरेको जनाइएको छ। 

परियोजनाको सफल कार्यान्वयन हुन सके पेट्रोल र प्राकृतिक ग्यासको आयातमा खर्च भइरहेको ठूलो रकम कटौती गर्न सकिने बताइएको छ । यसले आयात प्रतिस्थापनका साथै मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने छ ।

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  १२ : ५८ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक