२० जनाको मृत्यु हुनेगरी पाकिस्तान प्रशासित कश्मीरमा जारी तनावका कारण जनजीवन ठप्प « Khabarhub

२० जनाको मृत्यु हुनेगरी पाकिस्तान प्रशासित कश्मीरमा जारी तनावका कारण जनजीवन ठप्प


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तान प्रशासित कश्मीरमा जारी तनावका कारण त्यहाँको जनजीवन पूर्ण रूपमा ठप्प भएको छ । विगत दुई सातादेखि जारी प्रदर्शन र हालैका वर्षहरूकै सबैभन्दा हिंस्रक झडपमा कम्तीमा २४ जनाको मृत्यु भएपछि यो स्थिति सिर्जना भएको हो । स्थानीय अधिकारीहरू र हालै प्रतिबन्धित ‘जोइन्ट अवामी एक्सन कमिटी’ (जेएएसी) का समर्थकहरूबीचको यो भिडन्त इस्लामावादका लागि एउटा संवेदनशील चुनौती बनेको छ।

भारत प्रशासित कश्मीरमा हुने असहमति र प्रदर्शनहरूलाई भारतले गर्ने व्यवहारको अक्सर आलोचना गर्ने पाकिस्तानले अहिले आफ्नै नियन्त्रणमा रहेको क्षेत्रमा तीव्र आक्रोशको सामना गर्नु परिरहेको छ। क्षेत्रीय व्यवस्थापिका सभाको ४५ सिटमध्ये आगामी जुलाई २७ मा हुने निर्वाचनमा शरणार्थीका लागि १२ सिट आरक्षित गरिएको विरोधमा जेएएसीले जुन ९ मा आह्वान गरेको आमहडताल अगावै यो अशान्ति सुरु भएको थियो।

ती शरणार्थीहरू भारत प्रशासित कश्मीरबाट विस्थापित भई पाकिस्तानमा बस्दै आएका छन्। हडताल हुनुअघिका दिनहरूदेखि नै प्रदर्शनहरू चर्किएका थिए। नाम नबताउने सर्तमा सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार जुन ६ देखि जुन १४ को बीचमा कम्तीमा २० जना सर्वसाधारणको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन्। क्षेत्रीय प्रहरी प्रमुख लियाकत अली मलिकले प्रदर्शनकारीहरूसँगको झडपमा चार जना प्रहरी अधिकारीको मृत्यु भएको, ९७ जना घाइते भएको र ५१५ जनालाई नियन्त्रणमा लिइएको बताएका छन्।

अहिले जेएएसीका हजारौँ समर्थकहरू क्षेत्रीय राजधानी मुजफ्फराबादबाट करिब १०० किलोमिटर दक्षिणमा पर्ने रावलकोटको बाहिरी इलाकामा शिविर बनाएर बसेका छन्। सरकारले यसको प्रतिक्रियास्वरूप मुख्य सडकहरू बन्द गरेको छ, इन्टरनेट सेवामा रोक लगाएको छ र कश्मीरका धेरैजसो क्षेत्रमा सञ्चारमाध्यमको पहुँचलाई सीमित गरिदिएको छ।

यस अशान्तिले मुजफ्फराबादको अपर अड्डा व्यापारिक क्षेत्रमा दैनिक ज्यालादारी गर्ने मजदुरहरू काम नपाएर अलपत्र परेका छन्। दुर्गम गाउँका २७ वर्षीय दैनिक ज्यालादार इखलाक अहमदले जुन ९ देखि आफूले एक रुपैयाँ पनि कमाउन नसकेको दुखेसो पोखेका छन्। दिउँसो किराना पसल र राति खाजा पसलहरूले भरिभराउ हुने व्यस्त रहने अपर अड्डा अहिले प्रायः सुनसान छ। केही औषधि पसल र किराना पसलहरू सीमित अवधिका लागि खुल्न थालेका छन् भने फलफूल तथा तरकारी विक्रेताहरू पनि सावधानीपूर्वक काममा फर्किएका छन्, तर अन्य व्यवसायहरू अझै बन्द छन्। सरकारले इन्टरनेट र स्याटेलाइट सेवा निलम्बन गरेका कारण एटीएम र बैंकिङ कारोबार बन्द भएको सूचना बैंकहरूले टाँसेका छन् ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ५ : ५३ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था