मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु « Khabarhub

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी संङ्कटका कारण दश जना नाविकसहित १६ जना भारतीय नागरिकको ज्यान गएको भारतीय सरकारले संसद्लाई जानकारी दिएको छ ।

मध्ये पूर्वमा जारी सङ्टको बीचमा नागरिकहरूको सुरक्षा र स्थिति, हताहत, क्षतिपूर्ति र कूटनीतिक कार्यहरूको बारेमा राज्य सभामा सोधिएका प्रश्नको जवाफ दिँदै, विदेश राज्यमन्त्री कीर्ति वर्धन सिंहले ओमानमा  आठ जना, युएईमा चार, कुवेतमा दुई साउदी अरब र इराकमा एक-एक जनाको मृत्यु भएको बताएका छन् । 

यसको साथै उनले ७५ जना भारतीयहरू घाइते भएको बताएका छन् । जसमा संयुक्त अरब इमिरेट्समा ३२, ओमानमा २४, कुवेतमा १३, कतारमा ४, साउदी अरबमा १ र इजरायलमा १ जना रहेको जनाएको छ । 

कतारको रास लाफान ग्यास सुविधामा भएको एक दुर्घटनामा १२ जना भारतीय नागरिकको ज्यान गएको र तेहरानमा रहेको भारतीय दूतावासले इरानबाट आर्मेनिया र अजरबैजानका लागि दुई हजार ५५७ जना भारतीय नागरिकहरूको सीमापार आवागमनलाई सहज बनाएको पनि उनले स्पष्ट पारेका छन् ।

उद्धार कार्य र सहयोगलाई सम्बोधन गर्दै सरकारले प्रभावित परिवारलाई निरन्तर सहयोग गरेको बताएको छ । घाइते भारतीय नागरिकहरूले स्थानीय अस्पतालहरूमा चिकित्सा उपचार प्राप्त गरको पनि जनाइएको छ । 

भारतीय दूतावास र वाणिज्य दूतावासहरूले स्वास्थ्य अवस्थाको नियमित अपडेटका लागि स्थानीय अधिकारीहरू र अस्पतालहरूसँग समन्वय गरेर परिवारका सदस्यहरूसँग सम्पर्क  गर्ने, उपलब्ध यात्रा विकल्पहरूमा मार्गदर्शन र उनीहरू सुरक्षित भारत फर्कने आदि जस्ता सबै आवश्यक सहयोग प्रदान गरेको उनले बताए  ।

आर्थिक क्षतिपूर्तिको विवरणमा उनले  नाविकहरू संलग्न युद्ध क्षेत्रका घटनाहरूका लागि डीजीएमए कल्याण योजना (नाविक कल्याण कोष सोसाइटी–एसडब्लुएफएस) अन्तर्गत १० लाखको क्षतिपूर्ति प्रदान गरिएको उल्लेख गरेका छन् । सरकारले उचित प्रमाणीकरण पछि सहयोग रकम मृतकका आफन्तहरूलाई जति सक्दो छिटो वितरण गरिने जनाएको छ ।

अतिरिक्त क्षतिपूर्ति प्रावधानहरू सामूहिक मोलतोल सम्झौता अन्तर्गत लागू हुने जनाइएको छ । जसमा भारतीय समुद्री संघ मार्फत अधिँकारीहरूका लागि १२ लाख रुपैयाँ र भारतीय समुद्री नाविकहरूको राष्ट्रिय संघ मार्फत चालक दलका लागि १० लाख रुपैयाँ समावेश छ ।

पोतको संरक्षण र क्षतिपूर्ति (पी एन्ड आई) बीमा कभर अन्तर्गत भुक्तान योग्य क्षतिपूर्तिको सन्दर्भमा, भर्ती र प्लेसमेन्ट सेवा इजाजतपत्र मुख्यतया पी एन्ड आई क्लब/बीमाकर्तासँग दाबी गर्न सकिने जनाइएको छ । नाविकको मृत्युसँग सम्बन्धित क्षतिपूर्तिको समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कतार ग्यास सुविधा घटनाबाट प्रभावित परिवारहरूले प्रधानमन्त्रीको राष्ट्रिय राहत कोष अन्तर्गत प्रत्येकलाई २ लाख रुपैयाँ  प्राप्त गरेको बताइएको छ ।

कूटनीतिक कार्यहरू र सङ्कट व्यवस्थापन संयन्त्रको रूपरेखा प्रस्तुत गर्दै मन्त्रालयले स्थानीय अधिकारीहरू र नागरिक उड्डयन मन्त्रालयसँगको घनिष्ठ समन्वयको माध्यमबाट कूटनीतिक मिसनहरूले व्यावसायिक उडानहरू, अपरेसनहरू र ट्रान्जिट भिसा मार्फत नजिकका राष्ट्रहरू मार्फत यात्रा गर्न सजिलो बनाएको जनाएको छ जहाँ हवाई क्षेत्रहरू प्रतिबन्धित थिए ।

क्षेत्रीय सुरक्षा सङ्कट व्यवस्थापन गर्न, सरकारले नियमित सल्लाहकारहरू, चौबीसै घण्टा नियन्त्रण कक्षहरू र आपत्कालीन हेल्पलाइनहरू सहितको संरचित, बहुस्तरीय संयन्त्र तैनाथ गरेको जनाएको छ । 

विदेश मन्त्रालयको र्यापिड रेस्पोन्स सेलले सशस्त्र सेना र मन्त्रालयहरूसँगै कार्यान्वयनको समन्वय गर्दै मन्त्रालयले भविष्यका निकासी अपरेसनहरूका लागि तयार गरिएको नयाँ डिजिटल आपत्कालीन प्रतिक्रिया समाधानका लागि परीक्षणलाई पनि अन्तिम रूप दिएको उनले बताएका छन् । रासस
 

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  २ : ३९ बजे

नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री

काठमाडौं– भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि ३७.५

बुद्ध एयरको स्पष्टीकरण : विपद्का बेला साबिककै भाडादरमा थप उडान गरिरहेका छौँ

काठमाडौं– भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोपछि हवाई भाडादर बढाइएको

परराष्ट्रमन्त्री र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

काठमाडौं–  परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानबीच आज

विपद्‍मा सरकारलाई विपक्षीको ढाड्स- हामी साथमा छौं, सरकारले काम गरोस् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  बोलाएको सर्वदलीय बैठकमा

रसुवा बाढी पीडितलाई मह जोडीको दुई लाख सहयोग

काठमाडौं – चीन-नेपाल बाढीमा प्रभावितको लागि कलाकार जोडी मदनकृष्ण श्रेष्ठ