पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता « Khabarhub

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता


१४ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन नसकेर बारीमै कुहिने समस्या भोग्दै आएका गोरखाको गण्डकी गाउँपालिकाका किसानको समस्या समाधान गर्ने गृहमन्त्री सुधन गुरुङले प्रतिबद्धता जनाएका छन् ।

मतदाता भेटघाटका क्रममा गण्डकी गाउँपालिका पुगेका गृहमन्त्री गुरुङसमक्ष स्थानीयले पुल नहुँदा कृषि उपजको बजारीकरणमा समस्या भइरहेको गुनासो गरेका थिए ।

स्थानीयका अनुसार यातायातको सहज पहुँच नहुँदा किसानले उत्पादन गरेका तरकारी तथा अन्य कृषि उपज समयमै बजार पुर्‍याउन कठिन हुने गरेको छ । जसका कारण उत्पादनले उचित मूल्य नपाउने र कतिपय अवस्थामा बिक्री नभई बारीमै कुहिएर जाने गरेको छ ।

किसानले गरेको मेहनतअनुसार आम्दानी लिन नसकेको भन्दै स्थानीयले पुल निर्माणलाई प्राथमिकतामा राख्न गृहमन्त्रीसँग आग्रह गरेका थिए । पुलको अभावले कृषि उपजको बजारीकरणसँगै स्थानीयको दैनिक आवागमनमा समेत समस्या हुँदै आएको उनीहरूको भनाइ छ ।

स्थानीयका गुनासा सुनेपछि गृहमन्त्री गुरुङले ज्यामीरेघाटमा पक्की पुल निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिए । उनले पुल निर्माणसँगै स्थानीयले वर्षौंदेखि भोग्दै आएको समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गरे।

पक्की पुल निर्माण भएपछि स्थानीयको आवागमन सहज हुनुका साथै किसानले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ । यसले कृषि उत्पादनको बजारीकरण र किसानको आम्दानी बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  ६ : ४२ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको