भक्तपुरका नागरिकसँग महेश बस्नेतको प्रतिबद्धता- अधुरा विकास योजना पूरा गर्नेछु « Khabarhub

भक्तपुरका नागरिकसँग महेश बस्नेतको प्रतिबद्धता- अधुरा विकास योजना पूरा गर्नेछु


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का सचिव महेश बस्नेतले भक्तपुरको अधुरा विकास योजनाहरू पूरा गर्ने दृढ प्रतिबद्धतासहित आफू उम्मेदवारका रूपमा जनतामाझ उपस्थित भएको बताएका छन् ।

उनले भक्तपुरका नागरिकको आवाज र आवश्यकता केन्द्रीय तहसम्म पुर्‍याउने स्पष्ट उद्देश्यका साथ अघि बढेको उल्लेख गर्दै जनताको सेवा नै आफ्नो पहिलो कर्तव्य भएको संकल्प व्यक्त गरे।

‘तपाईँहरूको बिचमा उपस्थित भएको छु, भक्तपुरमा हामीले सुरु गरेको अधुरा विकासका योजनाहरू पूरा गर्ने दृढ प्रतिबद्धता, यहाँको आवाज र आवश्यकता केन्द्रीय तहसम्म पुर्‍याउने स्पष्ट उद्देश्य, र जनताको सेवा नै मेरो पहिलो कर्तव्य भन्ने सङ्कल्पसहित म अगाडि बढेको छु, यो क्षेत्रको विकास, युवाको भविष्य, किसानको हित, रोजगारीका अवसर, सडक, शिक्षा, स्वास्थ्य र पूर्वाधारको सुदृढीकरण-यी सबै मेरो प्राथमिकतामा रहनेछन्, उनले भने’।

‘सचिव बस्नेतका अनुसार क्षेत्रको विकास, युवाको भविष्य, किसानको हित, रोजगारीका अवसर सिर्जना, सडक, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार सुदृढीकरण आफ्ना प्रमुख प्राथमिकतामा रहनेछन्। ‘म वाचा मात्र होइन, काम गरेर देखाउने अठोटका साथ आएको छु,’ उनले भने।

उनले जनताको साथ, विश्वास र अमूल्य मत नै आफ्नो शक्ति भएको उल्लेख गर्दै समृद्ध भक्तपुर निर्माणका लागि हातेमालो गर्न आग्रह गरे । साथै उहाँले सूर्य चिन्हमा मतदान गरी सहयोग गरिदिन मतदातालाई अनुरोध गरेका छन्।

 ‘तपाईँहरूको साथ, विश्वास र अमूल्य मत नै मेरो शक्ति हो, आउनुहोस्, समृद्ध भक्तपुर निर्माणको यात्रामा हातेमालो गरौँ, सूर्य चिन्हमा मतदान गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु,’ मतदातासँग उहाँको अनुरोध छ ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  १२ : ५५ बजे

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

आईटी छात्रवृत्तिमा नुवाकोटकी सोफिया च्याम्पियन, सर्लाहीकी प्राथना फस्ट रनरअप

काठमाडौं – अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार