चिनियाँ मानव अधिकारवादी अभियन्तालाई अमेरिकाले दियो शरण « Khabarhub

चिनियाँ मानव अधिकारवादी अभियन्तालाई अमेरिकाले दियो शरण


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा जारी मानव अधिकार हननका घटना सार्वजनिक गर्ने एक जना अभियन्तालाई अमेरिकाले शरण दिएको छ । चीनको सिन्जियाङ प्रान्तमा जारी मानव अधिकार हननका घटना सार्वजनिक गरेका अभियन्ता गुवान हेङलाई अमेरिकाले शरण दिएको हो ।

उनले सन् २०२० मा सिन्जियाङ प्रान्तमा रहेका बन्दीगृहको तस्बिर र भिडियो सार्वजनिक गरेका थिए । उक्त प्रान्तमा रहेका यस्ता बन्दीगृहमा दश लाखभन्दा धेरै बन्दीहरु राखिएको विश्वास गरिन्छ ।

यस्ता बन्दीगृहमा खासगरी उइग्युर समुदायका अल्पसङ्ख्यक मुसलमानलाई राखिएको जनाइएको छ । ३८ वर्षीय गुआनले सन् २०२१ मा अमेरिकामा शरणका लागि आवेदन दिएका थिए ।

चीनबाट भागेका उनी हङकङ पुगेका थिए । हङकङबाट इक्वेडोर र बहामास पुगेका उनी अन्ततः अमेरिकाको फ्लोरिडा राज्य प्रवेश गरेका थिए ।

यद्यपि आप्रवासीलाई नियन्त्रण गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियानअन्तर्गत अगस्ट महिनामा उनलाई अमेरिकामा नियन्त्रणमा लिइएको थियो । उनलाई देश निकाला गरी युगाण्डा लैजाने योजना रहेको भएपनि पछि त्यसलाई स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ५ : २५ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला