पाकिस्तानको पोलियो उन्मूलन अभियानलाई आर्थिक अभाव, प्रभावकारितामा आशङ्का « Khabarhub

पाकिस्तानको पोलियो उन्मूलन अभियानलाई आर्थिक अभाव, प्रभावकारितामा आशङ्का


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा पोलियो उन्मूलन अभियान सञ्चालनका लागि पैसाको अभाव भएको छ । आर्थिक संकटसँग संघर्षरत पाकिस्तानले पैसाको अभावका कारण पोलियो खोप कार्यक्रमको अवधि छोट्याउने भएको हो ।

यसअघि सात दिनसम्म सञ्चालन हुँदै आएको पोलियो खोप अभियान अब चार दिनमा सीमित हुने पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनले उल्लेख गरेको छ । त्यसबाहेक खोप अभियानमा सहभागी स्वास्थ्यकर्मी र अन्य कर्मचारीको तलब सुविधामा पनि उल्लेख्य कटौती गरिएको छ ।

तलब सुविधामा कटौतीपछि स्वास्थ्यकर्मी आक्रोशित भएका छन् । यसअघि पोलियो खोप अभियानमा सहकागी स्वास्थ्यकर्मीले १३ हजार पाकिस्तानी रुपैयाँ प्राप्त गर्दै आएका थिए । अब त्यस रकम घटेर ७ हजारमा झरेको छ ।

त्यसैगरी, खोप अभियानका क्षेत्र इन्चार्जहरुले १९ हजार रुपैयाँ प्राप्त गर्दै आएकोमा अब त्यो रकम ९ हजार २ सय १६ रुपैयाँमा सीमित भएको छ ।

सरकारको यस कदमबाट पोलियो खोप अभियानको प्रभावकारितामा गम्भीर असर पर्ने चिन्ता उत्पन्न भएको छ । पाकिस्तानको रावलपिण्डी जिल्लामा आगामी फेब्रुअरी २ देखि ५ सम्म पोलियो खोप अभियान सञ्चालन हुँदैछ ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ५ : ३६ बजे

कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा रास्वपाको विधान संशोधन कार्यदल गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको अनौपचारिक बैठकले

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर