एसियाली छनोट : पुरुष र महिला क्रिकेट टिम अहिले चीनसँग प्रतिस्पर्धा गर्दै « Khabarhub

एसियाली छनोट : पुरुष र महिला क्रिकेट टिम अहिले चीनसँग प्रतिस्पर्धा गर्दै

चीनविरुद्ध पहिला ब्याटिङ गर्दै दुवै टिम


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियाली गेम्स छनोट अन्तर्गत आइतबार नेपाली पुरुष र महिला क्रिकेट टिमले एउटै समयमा चीनसँग प्रतिस्पर्धा गर्दैछन् ।

पुरुष टिमको पहिलो खेल सिंगापुरमा हुँदैछ भने महिला छनोटको अन्तिम अर्थात् तेस्रो स्थानका लागि हुन लागेको खेल मलेसियामा हुँदैछ ।

एसियन गेम्सको छनोट चरण पार गर्न नेपाली महिला टिमले आजको खेल जित्नैपर्ने दबाब छ । सेमिफाइनलमा मलेसियासँग पराजित भएर एक खेल अगाडि गेम्समा छनोट हुने अवसर गुमाएको नेपाली महिला टिम तेस्रो स्थानका लागि चीनसँग प्रतिस्पर्धा गर्नु परेको हो ।

टस जितेर चिनियाँ महिला र पुरुष दुवै टिमले फिल्ड रोजेपछि नेपाली दुवै टिमले सुरुमा ब्याटिङ गर्दैछन् ।

पुरुष टिमले भने पहिलो खेल खेल्न लागेको हो । दुई समूह रहेको प्रतियोगिताबाट शीर्ष २–२ टोली एसियाली खेलकुदका लागि छनोट हुनेछन् । नेपालको समूहमा चीन र मलेसिया छन् ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ७ : ०७ बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत