एसियाली छनोट : पुरुष र महिला क्रिकेट टिम अहिले चीनसँग प्रतिस्पर्धा गर्दै « Khabarhub

एसियाली छनोट : पुरुष र महिला क्रिकेट टिम अहिले चीनसँग प्रतिस्पर्धा गर्दै

चीनविरुद्ध पहिला ब्याटिङ गर्दै दुवै टिम


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियाली गेम्स छनोट अन्तर्गत आइतबार नेपाली पुरुष र महिला क्रिकेट टिमले एउटै समयमा चीनसँग प्रतिस्पर्धा गर्दैछन् ।

पुरुष टिमको पहिलो खेल सिंगापुरमा हुँदैछ भने महिला छनोटको अन्तिम अर्थात् तेस्रो स्थानका लागि हुन लागेको खेल मलेसियामा हुँदैछ ।

एसियन गेम्सको छनोट चरण पार गर्न नेपाली महिला टिमले आजको खेल जित्नैपर्ने दबाब छ । सेमिफाइनलमा मलेसियासँग पराजित भएर एक खेल अगाडि गेम्समा छनोट हुने अवसर गुमाएको नेपाली महिला टिम तेस्रो स्थानका लागि चीनसँग प्रतिस्पर्धा गर्नु परेको हो ।

टस जितेर चिनियाँ महिला र पुरुष दुवै टिमले फिल्ड रोजेपछि नेपाली दुवै टिमले सुरुमा ब्याटिङ गर्दैछन् ।

पुरुष टिमले भने पहिलो खेल खेल्न लागेको हो । दुई समूह रहेको प्रतियोगिताबाट शीर्ष २–२ टोली एसियाली खेलकुदका लागि छनोट हुनेछन् । नेपालको समूहमा चीन र मलेसिया छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ७ : ०७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल