भक्तपुर नगरव्यापी ‘दाफा’ प्रदर्शनी सम्पन्न « Khabarhub

भक्तपुर नगरव्यापी ‘दाफा’ प्रदर्शनी सम्पन्न


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर नगरपालिकाद्वारा आयोजित ‘भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी २०८३’ मा उत्कृष्ट पाँच टोलीलाई सम्मान गरिएको छ । भक्तपुरमा शुक्रबार सुरु भएर शनिबार सम्पन्न प्रदर्शनीमा ४६ टोलीले विभिन्न दाफा भजन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं पूर्वसांसद प्रेम सुवालले यहाँको ऐतिहासिक, सांस्कृतिक तथा कलात्मक महत्वबारे चर्चा गरे ।

कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले यहाँका मूर्त तथा अमूर्त सम्पदाको संरक्षण एवं संवर्द्धनमा निरन्तरता दिँदै आएको बताए ।

सम्पदा पुनर्निर्माणमा नगरपालिकाले विदेशी सहयोग नलिएको र जनताको सहयोग एवं सहभागितामै काम गरिरहेको भन्दै उनले नगरपालिकाले एक सय ७८ सम्पदाको पुनर्निर्माण सम्पन्न गरिसकेको बताए ।

दाफा प्रदर्शनीमा उत्कृष्ट घोषित कुथुछे दाफा भजन, खिँछे दाफा भजन, ज्याथा गणेश दाफा भजन, लाकोलाछें चपाल दाफा भजन र लाकोलाछें त्वाले दाफा भजनलाई उत्कृष्ट घोषणा गरी लालाखिङ, तँ, झ्यालिन्चा र प्रत्येक टोलीलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको बताइएको छ ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ७ : २० बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक