खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु « Khabarhub

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिको काम सुरु गरिएका छन् । स्थानीयस्तरमा खेलकुद क्षेत्रको विकासका लागि खेल मैदानलाई व्यवस्थित र सुविधासम्पन्न बनाउन लागिएको हो ।

वडाध्यक्ष बाचकुमार राईका अनुसार चालु आर्थिक वर्षमा प्रदेश सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत करिब १५ लाख रुपैयाँको लागतमा खेलमैदान स्तरोन्नति भइरहेको हो । उनले भने, ‘युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्दै स्थानीयस्तरमै खेल गतिविधि सञ्चालन गर्न सहज बनाउने उद्देश्यले मैदान स्तरोन्नतिको काम अघि बढाएका हौँ ।’

वडाध्यक्ष राईले आगामी दिनमा थप बजेटको व्यवस्थापन गरी दर्शक बस्ने स्थान, घेराबार, शौचालय तथा अन्य पूर्वाधार विकासका काम क्रमशः अघि बढाइने बताए ।

मैदानका स्तरोन्नतिपछि यहाँ फुटबल, भलिबललगायत विभिन्न खेल नियमित रूपमा सञ्चालन गर्न सहज हुनेछ ।

खेलमैदान स्तरोन्नतिले गाउँमै खेल प्रतियोगिता आयोजना तथा त्यसमार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न पनि सहयोग पुग्ने अपेक्षा रहेको स्थानीय युवा सिरोज श्रेष्ठले बताए ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  १० : १३ बजे

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा