पाकिस्तानमा अहमदिया समुदायलाई इद मनाउन रोक, अधिकारवादी संस्थाद्वारा चिन्ता व्यक्त « Khabarhub

पाकिस्तानमा अहमदिया समुदायलाई इद मनाउन रोक, अधिकारवादी संस्थाद्वारा चिन्ता व्यक्त


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा अल्पसंख्यक अहमदिया समुदायमाथि इद उल अजहा (बकरइद) पर्व मनाउन रोक लगाइएको भन्दै बेलायतस्थित एक इसाई संस्था र विश्वव्यापी मानवअधिकारवादी समूहले गम्भीर चिन्ता व्यक्त गरेका छन् । पाकिस्तानभर अहमदिया अल्पसंख्यक समुदायले धम्की र दुर्व्यवहारको सामना गर्नु परिरहेको रिपोर्ट सार्वजनिक भइरहँदा यस्तो चिन्ता व्यक्त गरिएको हो ।

अहमदिया समुदायका प्रवक्ता अमिर महमूदका अनुसार पाकिस्तानमा इद मनाइने अघिल्लो साँझ नै कराँचीका अहमदीका घरहरूबाट प्रहरीले कुर्बानीका लागि राखिएका खसीबोकाहरू जफत गरेको छ । सन् २०२३ को जनगणना अनुसार पाकिस्तानमा १ लाख ६२ हजारभन्दा बढी अहमदियाहरू छन् । उनीहरूलाई विगत केही दिनदेखि लगातार प्रहरी चौकीमा बोलाएर जनावर बलि नदिन र इदका कार्यक्रमहरू आयोजना नगर्न दबाब दिँदै कागज गराउने कार्य भइरहेको छ ।

अहमदिया समुदाय १९ औं शताब्दीमा ब्रिटिस भारतमा सुरु भएको समूह हो, जसले आफूलाई मुस्लिम मान्दछ। तर परम्परावादी मुस्लिम समूहहरूले उनीहरूलाई मुस्लिम स्वीकार गर्दैनन् । पाकिस्तानको कानुनले पनि अहमदियाहरूलाई आफूलाई मुस्लिम भन्न वा आफ्नो धार्मिक अभ्यासमा इस्लामिक प्रतीकहरू प्रयोग गर्न कानुनी रूपमा प्रतिबन्ध लगाएको छ।

बेलायतस्थित ‘क्रिश्चियन सोलिडारिटी वर्ल्डवाइड’ (सीएसडब्लु) का दक्षिण एसिया उप-टोली नेता सेसिल शेन चौधरीले यो प्रतिबन्धको कडा निन्दा गरेका छन् । उनले हरेक वर्ष अहमदिया समुदायले गैर-राज्य पक्षबाट मात्र नभई राज्यका निकायहरूबाटै यस्तो प्रतिबन्ध भोग्नुपर्नु दुःखद भएको बताएका छन् ।

उनले यो दुर्व्यवहार अब संस्थागत बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै हरेक व्यक्तिको धार्मिक स्वतन्त्रताको सम्मान गर्न पाकिस्तान सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ४ : ४० बजे

९८ दिनको प्रसूति बिदा छ महिना बनाउन प्रस्ताव : सुत्केरीमाथि हिंसा गरे कारबाही

काठमाडौँ – सरकारले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन,

चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहार पछि सुरु गरिने (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको

शिक्षा मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रका समस्याबारे सरोकारवालासँग छलफल गर्दै

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका

झापा अदालतबाट ६० प्रतिशत मुद्दा फर्स्योट

झापा– जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२–८३ मा कूल सात

सिंहदरबार वैद्यखानाको पुनर्जन्म: १४ करोडको कारोबारसँगै फर्कियो पुरानै साख

कुनै समय कच्चा पदार्थको अभाव, आन्तरिक किचलो र फितलो व्यवस्थापनका