अर्थ समाचार : ग्यासमा कालोबजारी रोक्न सादा पोसाकका प्रहरी, महाकाली भन्सारबाट एक करोड बढी राजस्व र तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी « Khabarhub

अर्थ समाचार : ग्यासमा कालोबजारी रोक्न सादा पोसाकका प्रहरी, महाकाली भन्सारबाट एक करोड बढी राजस्व र तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक करोड छ लाख १९ हजार ३१९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यभन्दा १६ दशमलव ७६ प्रतिशत बढी हो ।

कार्यालय प्रमुख लोकेन्द्रबहादुर सिंहले कार्यालयले गत आर्थिक वर्षका लागि ९० लाख ९५ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य पाएकामा लक्ष्यभन्दा १६ दशमलव ७६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको जानकारी दिए ।

उनका अनुसार सङ्कलित सम्पूर्ण राजस्व आयातित वस्तुमा लाग्ने भन्सार महसुल, पैठारी सेवा दस्तुर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्क तथा दण्ड, जरिवाना र लिलामबाट प्राप्त भएको हो । यस भन्सार कार्यालयबाट निर्यात भने शून्य रहेको प्रमुख सिंहले जानकारी दिए ।

सुनको मूल्यले ३ लाख नाघ्यो, कतिमा भइरहेको छ कारोबार ?

धनुषा, महोत्तरी र सर्लाहीका ग्रामीण क्षेत्रका भौतिक पूर्वाधार निर्माण प्राथमिकतामा

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने पक्राउ

ग्यासमा कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकमा प्रहरी

खाना पकाउने एलपी ग्यासमा कृत्रिम अभाव र कालोबजारी बढेको गुनासोपछि सरकारले काठमाडौँ उपत्यकाका ग्यास डिपोहरूमा सादा पोसाकका प्रहरी परिचालन गरेको छ। गृह र उद्योग मन्त्रालयको समन्वयमा आइतबार बिहानैदेखि निगरानी थालिएको हो।

भारतबाट ग्यास आयात नियमित रहे पनि बजारमा कृत्रिम अभाव देखाई बढी मूल्यमा बिक्री भइरहेको सूचना उद्योग मन्त्रालयमा पुगेको थियो। उद्योगमन्त्री गौरी यादवको आग्रहमा गृहमन्त्री सुदन गुरुङले अनुगमन र निगरानीका लागि सादा पोसाकका प्रहरी खटाउन निर्देशन दिएकी हुन्।

प्रहरीले ग्यास लुकाउने, तोकिएको भन्दा बढी मूल्य लिने र कालोबजारी गर्नेमाथि कडा कारबाही गर्ने जनाएको छ। उपत्यकामा सुरु गरिएको यो अनुगमन आवश्यकताअनुसार अन्य जिल्लाहरूका बिक्री केन्द्रसम्म विस्तार गरिने गृह मन्त्रालयले स्पष्ट पारेको छ।

बजारमा अभाव देखिएपछि बढ्यो ग्यासको आयात

चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

सात महिनाको सम्झौता, दुई वर्षमा पनि सकिएन

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ६ : ५४ बजे

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी