आजका समाचार : भारतका सेनाध्यक्षले भेटे प्रधानमन्त्री, सरकारप्रति सत्तारुढ सांसदकै आक्रोश, सुदूरपश्चिममा खगराजलाई सजिलो बनाउन प्रकाशको पद गयो र इमरान खानलाई ४८ घण्टाभित्र अस्पताल लैजान आदेश « Khabarhub

आजका समाचार : भारतका सेनाध्यक्षले भेटे प्रधानमन्त्री, सरकारप्रति सत्तारुढ सांसदकै आक्रोश, सुदूरपश्चिममा खगराजलाई सजिलो बनाउन प्रकाशको पद गयो र इमरान खानलाई ४८ घण्टाभित्र अस्पताल लैजान आदेश


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

सत्तारुढ सांसद पारसमणिको आक्रोश : काम गर्न नसक्ने मन्त्रीहरूले मार्ग प्रशस्त गर !

पारसमणि गोलाल संसदीय निर्वाचनमा उदयपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । सत्तापक्षकै सांसद भएपनि उनी प्रतिनिधि सभामा सरकारलाई निरन्तर घचघच्याइरहने जनप्रतिनिधि मानिन्छन् ।

प्रतिनिधिसभाको बैठकमा उनले भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल सामान्य बिरामी हुँदा हेलिकप्टर चढेर उपचारका लागि काठमाडौँ आएको विषयमा कडा प्रश्न सोधे ।

उनले सरकारका नराम्रा काममा लम्पसार परेर साथ नदिने उल्लेख गरे । सरकार स्टन्टबाज शैलीमा लाग्नु नहुने उनको भनाइ छ । उनी सदनमा प्रश्न उठाएको भरमा सरकारको विरोध गर्‍यो भनेर बुझ्नु गलत भएको टिप्पणी गर्छन् ।

उनी भन्छन्, ‘भ्रमणको बाहानामा १८–२० लाख खर्च गर्नु हुँदैन। एउटा गाउँमा सर्पको उपचार नपाएर मान्छे छटपटाएर मरेको छ। तर मन्त्रीहरु हेलिकप्टरमा अनुगमनका नाममा, अनेकथरी नाममा कुदिरहनु भएको छ । जनता तड्पेर मरिराखेको अवस्थामा सरकारमा रहेका व्यक्तिहरू मोजमस्तीमा लाग्नु हुँदैन भन्ने हाम्रो कुरा हो । सरकारका केही कामहरू गरिबमुखी भएनन् ।’

विदेशस्थित नेपाली नियोगकै जग्गामा भवन बनाएर भाडा घटाउने सरकारको योजना

प्रस्तावित सवारी ऐन संशोधन गर्न यातायात मजदुर संगठनको माग

विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छ : मन्त्री खनाल

जब सभामुखलाई दङ्ग्याएर झोंक्किँदै संसद्‍बाट हिँडिन् आशिका

राजदूतलाई राखेर भारतका स्थल सेनाध्यक्षले भेटे प्रधानमन्त्री

प्रधानमन्त्री शाह र भारतीय स्थल सेनाध्यक्ष सेठबीच सिंहदरबारमा भेटवार्ता

राष्ट्रसंघका महासचिव गुटेरेसलाई सहकारी पीडितको गुहार : हाम्रो दुःख-पीडा बालेनले सुनेनन् !

सुदूरपश्चिममा जटिल अंकगणित : खगराजलाई बहुमत चाहियो, प्रकाश देउवाको पद गयो !

सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा मंगलबारदेखि पदमुक्त भएका छन्। लगातार १० भन्दा बढी प्रदेशसभा बैठकमा बिनासूचना अनुपस्थित देउवाको पद रिक्तसम्बन्धी प्रदेशसभा सचिवालयले तयार गरेको टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले सदर गरे।

यससँगगै अब उनी प्रदेशसभा सदस्य रहेनन्। उक्त निर्णयबारे सभामुख भीमबहादुर भण्डारीले बुधबारको प्रदेशसभा बैठकमा जानकारी गराउने तयारी छ ।

उनी गत वर्ष भदौ २८ गते जेन-जी आन्दोलनपछि अमेरिका पसेका थिए। स्वास्थ्यमा समस्या देखिएको भन्दै अमेरिकामै बसेका उनी ११ महिना बित्दा पनि फर्किएका छैनन्।

कांग्रेस बैठकका निर्णय : संविधान संशोधनका लागि आयोग बनाउन माग

अन्तत: जगन्नाथलाई रोके ओलीले, किरणलाई बागमतीको मुख्यमन्त्री बनाउने निर्णय

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

सरकारसँग सांसद राईको आक्रोश : गाँजालाई चिन्न नसकेर बर्बाद हुँदैछौँ, जेल भर्दै जाँदा जनताले विद्रोह गर्छन्

‘कर्णालीबासीलाई सिटामोल छैन, मन्त्रीका लागि लाखौँ खर्चेर उडाइन्छ हेलिकप्टर’

धर्ना बसेका सहकारी-लघुवित्तपीडित भेट्न पुगिन् पूर्वराष्ट्रपति (तस्बिरहरू)

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिनदेखि धर्नामा रहेका सहकारी-लघुवित्तपीडितलाई भेट्न पुल्चोक पुगेकी छन् ।

उनी मंगलबार अपरान्ह राष्ट्रिय मानवअधिकार आयोग परिसरमा धर्नामा रहेका आन्दोलनरत पीडितलाई भेट्न गएकी हुन् ।

पीडितहरू सरकारले आफ्नो माग र पूर्ववत् सहमतिको बेवास्ता गरेको उनीहरूको गुनासो छ ।

उनीहरूले ‘बालेनले हामीलाई सुनेनन्, एन्टोनियो गुटेरेस तिमीले हाम्रो दुःख–पीडा सुनिदेऊ’, ‘हाम्रो घर छैन, परिवार छैन, नेपालले देखेन, संयुक्त राष्ट्र संघले देखोस् हाम्रो पीडा’ लेखेको प्लेकार्ड धर्ना स्थलमा राखेका छन् ।

पत्रकार र निजी क्षेत्रमाथि धरपकड नगर्न सरकारलाई कांग्रेसको चेतावनी

जब किशोर श्रेष्ठलाई पक्रिन दौडिएको प्रहरी दुवै पटक खाली हात फर्कियो

पार्टीभित्रका असन्तुष्ट नेताहरूसँग निरन्तर छलफलमा छु : गगन थापा

रेडक्रसको जग्गा खरिदमा हिनामिना, पूर्वअध्यक्ष सञ्जीव थापासहित ५ जना पक्राउ

बागलुङमा ग्यासको सास्ती : उज्यालो नहुँदै लाइनमा उपभोक्ता (तस्बिरहरू)

‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’

सरकार-मिटरब्याज पीडित सहमतिविरुद्ध साहु-महाजन आन्दोलित

पाकिस्तानी सर्वोच्च अदालतको आदेश : इमरान खानलाई ४८ घण्टाभित्र अस्पताल लैजानू

पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानलाई ४८ घण्टाभित्र अस्पतालमा स्थानान्तरण गर्न आदेश दिएको छ।

अदालतले स्वास्थ्य परीक्षण तथा उपचारका लागि मेडिकल बोर्ड गठन गर्नसमेत आदेश दिएको छ। इमरानलाई शिफा इन्टरनेसनल अस्पतालमा लैजान अदालतले निर्देशन दिएको हो।

मंगलबार सुनुवाइका क्रममा अदालतले इमरानलाई उनकी बहिनीहरूसँग भेट्न नदिएको विषयमा पनि प्रश्न उठाएको छ। न्यायाधीश शाहिद वहीदले बहिनीहरूसँग भेट्न दिनु कुनै उपकार नभई इमरानको मौलिक अधिकार भएको बताएका छन्।

अदालतले पछिल्लो तीन वर्षमा इमरान र उनकी बहिनीबीच भएका सबै भेटघाटको विवरण मागेको छ। उनका छोराहरूसँग भएको कुराकानी तथा फोन कलको विवरणसमेत उपलब्ध गराउन आदेश दिइएको छ।

झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ७ : ४३ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको