गाडी दुर्घटना हुँदा प्रमुख प्रशासकीय अधिकृतसहित पाँच घाइते « Khabarhub

गाडी दुर्घटना हुँदा प्रमुख प्रशासकीय अधिकृतसहित पाँच घाइते


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखाको कालिञ्चोक गाउँपालिकाको स्कारपियो गाडी दुर्घटना हुँदा कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा परी प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीसहित कानूनी सल्लाहकार राजेन्द्रनारायण श्रेष्ठ, कर्मचारी राम ओली, सरिता वली र खड्ग थामी घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

कालिञ्चोक गाउँपालिकाको वा२झ ४३५९ नंको स्कारपियो गाडी सिँगटीबाट चरिकोट आउने क्रममा सुनखानीमा आज दिउँसो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएका श्रेष्ठ, थामी र वलीको चरिकोटस्थित प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको छ । अन्य दुई जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।दुर्घटनाभएकोकगाडी प्रमुख प्रशासकीय अधिकृत आफैँले चलाएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ८ : ३७ बजे

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ