गाडी दुर्घटना हुँदा प्रमुख प्रशासकीय अधिकृतसहित पाँच घाइते | Khabarhub Khabarhub

गाडी दुर्घटना हुँदा प्रमुख प्रशासकीय अधिकृतसहित पाँच घाइते


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखाको कालिञ्चोक गाउँपालिकाको स्कारपियो गाडी दुर्घटना हुँदा कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा परी प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीसहित कानूनी सल्लाहकार राजेन्द्रनारायण श्रेष्ठ, कर्मचारी राम ओली, सरिता वली र खड्ग थामी घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

कालिञ्चोक गाउँपालिकाको वा२झ ४३५९ नंको स्कारपियो गाडी सिँगटीबाट चरिकोट आउने क्रममा सुनखानीमा आज दिउँसो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएका श्रेष्ठ, थामी र वलीको चरिकोटस्थित प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको छ । अन्य दुई जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।दुर्घटनाभएकोकगाडी प्रमुख प्रशासकीय अधिकृत आफैँले चलाएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ८ : ३७ बजे

जेन-जी आन्दोलनका घाइतेलाई परिचयपत्र दिइने

गोरखा- जिल्ला प्रशासन कार्यालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र

प्रहरी प्रभाग लुटपाट गर्ने साउद पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनमा लुटपाट

टिचिङ अस्पतालमा टिकट पाउनै सास्ती, अस्पताल भन्छ– मन्दिरमा घण्टौँ लाइन बस्ने यहाँ झिँजो मान्छन् 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ अस्पताल) देशकै ठूलो र

निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग

काठमाडौं– पहिलो संविधानसभाका चार सभासद्सहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत

विद्यार्थीका लागि नेपाल टेलिकमको ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक

काठमाडौं– नेपाल टेलिकमले विद्यार्थीलाई लक्षित गर्दै ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा