राज्य व्यवस्था समितिबाट संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक विधेयक पारित « Khabarhub

राज्य व्यवस्था समितिबाट संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक विधेयक पारित


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकलाई पारित गरेको छ । 

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले सर्वसम्मत रुपमा उक्त विधेयक पारित गरेको हो । सरकारी कोषबाट दोहोरो सेवा–सुविधा लिने विषय पहिचान भएपछि सर्वोच्च अदालतमा रिट परेको र त्यसमा अदालतको फैसला कार्यान्वयनका लागि सरकारले दुई वटा दफा मात्रै संशोधन गर्न उक्त विधेयक ल्याएको थियो ।

विधेयकमा सरकारी कोषबाट निवृत्तिभरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै व्यक्ति कुनै प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भएमा, सो पदमा बहाल रहेसम्म निवृत्तिभरण नपाउने व्यवस्था गरिएको छ । 

योग्यता पुगेका पूर्व सरकारी कर्मचारीहरू संवैधानिक निकायमा पदाधिकारीका रूपमा नियुक्त हुन सक्ने भए पनि बहाल रहँदा तलब र पेन्सन दुवै एकसाथ लिन नपाउने र पछि पदावधि समाप्त भएपछि सो अवधिलाई समेत जोडेर गणना गर्न सकिने गरी कानुनी बाटो खुला रहेको कानून मन्त्री सोविता गौतमले बताइन् । 

उनले राज्यको सीमित आर्थिक स्रोतलाई व्यवस्थित र वैज्ञानिक ढङ्गले सदुपयोग गर्नु तथा दोहोरो आर्थिक भार पर्न नदिनु नै यस कानुनको मुख्य उद्देश्य रहेको धारणा राखिन् । 

समिति सभापति हरि ढकालले सर्वसम्मत रुपमा संशोधन विधेयक पारित भएको भन्दै संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी मूल ऐनलाई नै संशोधन गर्नेगरि संसदको आगामी अधिवेशनमा पेश गर्न निर्देशन दिइन् । 

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  १ : ४३ बजे

प्रतिनिधिसभाबाट निःशुल्क कानुनी सहायता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ माथि

जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन राष्ट्रियसभा अध्यक्षको अपिल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित

दोभान बजारमा आगलागी

ताप्लेजुङ- ताप्लेजुङको दोस्रो ठूलो बजारका रूपमा परिचित दोभानमा आगलागी भएको

ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छ : मन्त्री साह

 काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले एलपी ग्यासको अभाव, पेट्रोलियम