राम जन्मभूमि–बाबरी मस्जिदको विवाद कायमै « Khabarhub

राम जन्मभूमि–बाबरी मस्जिदको विवाद कायमै


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अयोध्याको राम जन्मभूमि — बाबरी मस्जिद विवादमा बुधबार भएको सुनुवाईपछि भारतको सर्वोच्च अदालतले अदालतले नियुक्त गरेका मध्यस्थकर्ताको मद्दतमा सहमतिबाट विवादको स्थानी समाधान खोजिने फैसलालाई सुरक्षित गरेको छ ।

राम जन्मभूमि — बाबरी मस्जिदको विवाद सामान्य विवाद भन्दा पनि मानिसहरुको आस्था तथा मनसँग जोडिएको संवेदनशील विषय भएकाले यदी मध्यस्थताबाट समाधान निस्किने एक प्रतिशत पनि संभावना रहे त्यसलाई मध्यस्थताबाटै समाधान गरिनुपर्नेमा अदालतले जोड दिएको हो ।

सन् २०१० मा इलाहावाद उच्च अदालतले यस विषयमा गरेको फैसलामा यसअघि रहेको बाबरी मस्जिद क्षेत्रको २.७७ एकड जग्गा सुन्नी वक्फ बोर्ड, निर्मोही अखडा तथा राम लालालाई बराबरी भाग लगाउने आदेश दिएको थियो । इलाहावाद उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा १४ रिट दायर गरिएको थियो ।

बुधबार भएको सुनुवाईका क्रममा भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईको अध्यक्षतामा बसको ५ न्यायाधीशको बेन्चले सर्वोच्च अदालतले आफ्नो अन्तिम फैसला छिटै दिन चाहेकाले आफ्ना मध्यस्थकर्ता तथा मध्यस्थकर्ताको प्यानलको नाम बुझाउन समेत सबै पक्षसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ११ : ३० बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको