फिल्म क्षेत्रमा महिला हिंसा – पुरुषको मात्र दोष छैन « Khabarhub

फिल्म क्षेत्रमा महिला हिंसा – पुरुषको मात्र दोष छैन


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्म क्षेत्र त्यति ठूलो छैन । यहाँ कहिलेकाहीँ साना विषय पनि ठूला ‘इस्यु’ बन्छन् । एउटा कलाकारको नाम अर्को कलाकारसँग जोडिनुलाई त फिल्म क्षेत्रको विशेषता नै भन्न सकिने अवस्था छ । यो क्षेत्रमा सङ्घर्ष गर्दै गरेका महिला कलाकारहरुले बेलाबेलामा आफू दुर्व्यवहारमा पर्ने गरेको बताउने गरेका छन् ।

पाँच वर्षदेखि अभिनय क्षेत्रमा काम गरिरहेकी वर्षा शिवाकोटीले भने आफू कहिल्यै पनि दुर्व्यवहारमा नपरेको बताएकी छिन् । साथै उनले महिला कलाकार ‘हिंसा’मा पर्नुमा पुरुषको मात्र दोष नहुने बताइन् ।

‘जुन क्षेत्रमा पनि मान्छेको व्यवहार हेरेर अरुले रेस्पोन्स गर्ने हो जस्तो लाग्छ, यो क्षेत्रमा धेरैपटक दुर्व्यवहार गरेको भन्ने गुनासो पनि सुनेकी छु,’ खबरहबसँगको कुराकानीमा शिवाकोटीले भनिन्, ‘मलाई आजसम्म कुनै पनि फिल्मकर्मीले त्यस्तो व्यवहार गर्नुभएको छैन, मसँग कसैले त्यसरी बोल्ने आँट पनि गर्दैन ।’

यो मेकरबाट हिरोइनलाई यस्तो भयो रे ! भनेर आरोप लगाएको आफूले सुनेको र कतिपय महिला कलाकारलाई फिल्मकर्मीले जिस्काएको आफूले पनि देखेको वर्षाले बताइन् । ‘हामीले ‘सिग्नल’ नदिइकन अरुले त्यसरी दुर्व्यवहार गर्ने आँट गर्दैन, मलाई पुरुषको मात्र दोष हुन्छ भन्ने मलाई लाग्दैन ।’, उनले भनिन् ।

यद्यपि नेपाली फिल्म क्षेत्रमा भने महिलालाई विवादमा तान्ने गरिएको भनेर आरोप आइरहेका हुन्छन् । वर्षाले भने आफूलाई कुनै पनि फिल्मकर्मीले ‘दुर्व्यवहार’ नगरेको दोहोर्‍याइन् । ‘म को हो भन्ने आफैलाई थाहा हुन्छ, कसैले पनि विना सिग्नल त्यसरी हेर्ने आँट गर्दैन ।’ नायिका शिवाकोटीले दाबी गरिन् ।

लामो समय फिल्म क्षेत्रमा काम गरेकी नायिका रेखा थापाले पनि केही समयअघि ‘मीटु अभियान’ का क्रममा आफू दुर्व्यवहारमा नपरेको तर कोही परेको भए खुलेर बोल्नुपर्ने धारणा राखेकी थिइन् । यद्यपि यो क्षेत्रमा आफू दुर्व्यवहारमा परेको भनेर कहिलेकाहीँ महिला कलाकारको गुनासो आइरहने गर्छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  १ : २७ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन