काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको ‘नेपाल कम्युनिस्ट पार्टी’लाई लुटेरा समूहको संज्ञा दिएका छन् ।
बुधवार स्वतन्त्र मधेस गठवन्धन र नेपाल सरकारबीच भएको सम्झौता कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको पार्टी ‘नेकपा’ नभइ लुटेर समूह रहेको बताए ।
विप्लव बारे यसो भने प्रधानमन्त्री ओलीले–
नेकपा भन्न लाज हुन्छ, हुन पनि होइन नेकपा विप्लव समूह छ । लुट्नका लागि कमसेकम लुट्नकै लागि नेकपा भन्ने वर्को त फाल ! आफूले पनि नेकपै भन्नु परेको छ । त्यस्ताले पनि नेकपा भन्नु परेको छ । बेइजत भइसक्यो नेकपाको ।
भन्न चाहन्छु उहाँहरुलाई बन्दुक गोली एलएमजी अनेकसँग मानिस समातेको ? जनतालाई दमन गर्न पाइन्छ ? बन्दुक भित्र राखेर बस्ने मान्छे लुटेर हिँड्ने, चन्दाको नाममा मान्छेको हत्या गर्ने ?
कम्युनिष्ट पार्टीको नाम लिन बन्द गर । लुटेरा समूह राख । अरु पनि छन् भने लुटेरा समूह विप्लव राखेहुन्छ, प्रकाण्ड लुटेरा समूह राखे हुन्छ ।
म भन्न चाहन्छु त्यो बाटो छोड्नुस् नत्र यो देशमा शान्ति सुरक्षा कायम गर्ने जिम्मा सरकारको हो, सरकारले गर्छ ।
प्रतिक्रिया