जङ्गली हात्तीले गरे तीनवटा घरमा क्षति « Khabarhub

जङ्गली हात्तीले गरे तीनवटा घरमा क्षति


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको कमल गाउँपालिका–५ स्थित गुह्येश्वरी टोलमा गए राति आएको एक जोडी जङ्गली हात्तीको आक्रमणबाट तीन वटा घरमा क्षति पुगेको छ ।

वडाध्यक्ष डम्बरबहादुर निरौलाका अनुसार राति २ बजेतिर आएको हात्तीको माउसहित छावा हात्तीले उपद्रो मच्चाउदा त्यहाँका विष्णुप्रसाद खनाल, लक्ष्मी खनाल र मोहमद मुसिलको घरमा क्षति पुर्‍याइएको छ ।

हात्तीको उपद्रोबाट खनालद्वयको घरमा सामान्य क्षति पुर्‍याइएको थियो भने मोहमदको भने घरको बारा भत्काउनुका साथै धानसमेत खाएर क्षति पुर्‍याएको उनले बताए ।

हात्ती नजिकैको रतुवा माई वृक्षरोपण आयोजना क्षेत्रको जङ्गलबाट आएको र रातभरी टोलवासी आतङ्कित हुनुपरेको वडाध्यक्ष निरौलाले बताउनुभयो । हात्तीलाई राति नै प्रहरीसहित स्थानीयको सहयोगबाट जङ्गलतर्फ धपाइएको थियो ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  १ : २८ बजे

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

भोजपुर– पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण गरेसँगै ‘शून्य

यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय/अन्तरराष्ट्रिय प्रतिबद्धताको प्रभावकारी रुपमा कार्यान्वयन गरी