जोन अब्राहमसँगको ब्रेकअपपछि टुटेकी थिइन् बिपाशा बसु, करणले दिए साथ « Khabarhub

जोन अब्राहमसँगको ब्रेकअपपछि टुटेकी थिइन् बिपाशा बसु, करणले दिए साथ


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेत्री बिपाशा बसु आजभोलि बलिउडबाट टाढा छिन् । करण सिंह ग्रोवरसँग बिहे गरेपछि उनले फिल्ममा खासै सक्रियता देखाएकी छैनिन् ।

कुनै बेला बलिउडमा सक्रिय रहेकी विपाशाका अनेक किस्सा छन् । चर्चामा रहँदा बिपाशाको नाम जोन अब्राहम जोडिएको थियो ।

डिनोसँग थियो बिपाशाको विशेष सम्बन्ध

बिपाशा बसु र डिनो मोरियाको कुनै बेला नाम जोडिन्थ्यो । डिनो र बिपाशा ‘राज’ फिल्मको शूटिङका दौरान नजिकिएका थिए । केही समयपछि दुवैको ब्रेकअप भयो ।

त्यसपछि बिपाशा र जोन नजिकिए । दुवै फिल्म ‘जिस्म’ मा देखिएका थिए । यही फिल्मले दुवैलाई नजिक बनाएको थियो । यी दुईको सम्बन्ध ९ वर्षसम्म चल्यो । लिभिङ टुगेदरमा रहेका दुवैको पछि ब्रेकअप भएको थियो ।

जोनले एक्कासी बिपाशालाई छोडेर गुपचुप रुपमा प्रिया रुचालसँग बिहे गरेका थिए ।

९ वर्षपछि छोडिदिएका थिए बिपाशालाई जोनले

जोन र बिपाशा दुवै मोडलिङ हुँदै अभिनयमा आएका थिए । यी दुई ‘जिस्म’ को शेटमा नजिक भए । फिल्म बोल्ड विषयमा थियो । फिल्ममा यस्ता कैयन् दृश्य थिए, जुन दृश्यमा बिपाशाले असहज मानिरहेकी थिइन् ।

यस्तो अवस्थामा जोनले पूर्ण रुपले समर्थन जनाए । सहयोग गरे । यो बेला जोन र बिपाशा पार्टीमा पनि साथसाथै जाने गर्थे । दुवैले जन्मदिन पनि धूमधामका साथ मनाउँथे ।

अचानक खबर फैलियो कि, जोन र बिपाशाका बीच मनमुटाव हुन थाल्यो । त्यसपछि प्रियासँग बिहे गरेको खबर पनि फैलियो । सन् २०१४ मा नयाँ वर्षको बधाई दिएर जोनले यो कुराको खुलासा गरेका थिए ।

तनावमा थिइन् बिपाशा

मिडियाका अनुसार जोनले बिहे गरेको बिपाशालाई पनि थाहा थिएन । एक अन्तर्वार्तामा बिपाशाले यसबारेमा खुलासा गरिन् । उनी यति चोटमा थिइन् कि, त्यो पीडाबाट छुट्न उनलाई धेरै समय लागेको थियो ।

जोनसँगको ब्रेकअपपछि बिपाशा अरुसँग भेट्न पनि छोडेकी थिइन् । जोनलाई मात्र आफ्नो समय दिन्थिन् । उनले एक अन्तर्वार्तामा भनेकी छिन् – मलाई लाग्छ कि, म कति पागल थिएँ । केबल जोनलाई मात्र समय दिन्थेँ ।

बिपाशाको यो अवस्थामा करण सिंह ग्रोवरले बिपाशालाई साथ दिएका थिए । अक्सर दुवैले सामाजिक सञ्जालमा तस्वीर शेयर गर्ने गर्छन् । बिपाशा र करणको जोडीलाई धेरैले राम्रो जोडी भन्ने गर्छन् ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १० : ४८ बजे

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने

कांग्रेस महाधिवेशन: सभापतिदेखि पदाधिकारीसम्म नेविसंघका पूर्वनेताको दबदबा

काठमाडौँ – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघबाट राजनीतिक