जोन अब्राहमसँगको ब्रेकअपपछि टुटेकी थिइन् बिपाशा बसु, करणले दिए साथ | Khabarhub Khabarhub

जोन अब्राहमसँगको ब्रेकअपपछि टुटेकी थिइन् बिपाशा बसु, करणले दिए साथ


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेत्री बिपाशा बसु आजभोलि बलिउडबाट टाढा छिन् । करण सिंह ग्रोवरसँग बिहे गरेपछि उनले फिल्ममा खासै सक्रियता देखाएकी छैनिन् ।

कुनै बेला बलिउडमा सक्रिय रहेकी विपाशाका अनेक किस्सा छन् । चर्चामा रहँदा बिपाशाको नाम जोन अब्राहम जोडिएको थियो ।

डिनोसँग थियो बिपाशाको विशेष सम्बन्ध

बिपाशा बसु र डिनो मोरियाको कुनै बेला नाम जोडिन्थ्यो । डिनो र बिपाशा ‘राज’ फिल्मको शूटिङका दौरान नजिकिएका थिए । केही समयपछि दुवैको ब्रेकअप भयो ।

त्यसपछि बिपाशा र जोन नजिकिए । दुवै फिल्म ‘जिस्म’ मा देखिएका थिए । यही फिल्मले दुवैलाई नजिक बनाएको थियो । यी दुईको सम्बन्ध ९ वर्षसम्म चल्यो । लिभिङ टुगेदरमा रहेका दुवैको पछि ब्रेकअप भएको थियो ।

जोनले एक्कासी बिपाशालाई छोडेर गुपचुप रुपमा प्रिया रुचालसँग बिहे गरेका थिए ।

९ वर्षपछि छोडिदिएका थिए बिपाशालाई जोनले

जोन र बिपाशा दुवै मोडलिङ हुँदै अभिनयमा आएका थिए । यी दुई ‘जिस्म’ को शेटमा नजिक भए । फिल्म बोल्ड विषयमा थियो । फिल्ममा यस्ता कैयन् दृश्य थिए, जुन दृश्यमा बिपाशाले असहज मानिरहेकी थिइन् ।

यस्तो अवस्थामा जोनले पूर्ण रुपले समर्थन जनाए । सहयोग गरे । यो बेला जोन र बिपाशा पार्टीमा पनि साथसाथै जाने गर्थे । दुवैले जन्मदिन पनि धूमधामका साथ मनाउँथे ।

अचानक खबर फैलियो कि, जोन र बिपाशाका बीच मनमुटाव हुन थाल्यो । त्यसपछि प्रियासँग बिहे गरेको खबर पनि फैलियो । सन् २०१४ मा नयाँ वर्षको बधाई दिएर जोनले यो कुराको खुलासा गरेका थिए ।

तनावमा थिइन् बिपाशा

मिडियाका अनुसार जोनले बिहे गरेको बिपाशालाई पनि थाहा थिएन । एक अन्तर्वार्तामा बिपाशाले यसबारेमा खुलासा गरिन् । उनी यति चोटमा थिइन् कि, त्यो पीडाबाट छुट्न उनलाई धेरै समय लागेको थियो ।

जोनसँगको ब्रेकअपपछि बिपाशा अरुसँग भेट्न पनि छोडेकी थिइन् । जोनलाई मात्र आफ्नो समय दिन्थिन् । उनले एक अन्तर्वार्तामा भनेकी छिन् – मलाई लाग्छ कि, म कति पागल थिएँ । केबल जोनलाई मात्र समय दिन्थेँ ।

बिपाशाको यो अवस्थामा करण सिंह ग्रोवरले बिपाशालाई साथ दिएका थिए । अक्सर दुवैले सामाजिक सञ्जालमा तस्वीर शेयर गर्ने गर्छन् । बिपाशा र करणको जोडीलाई धेरैले राम्रो जोडी भन्ने गर्छन् ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १० : ४८ बजे

अनेरास्ववियु छाडेका सुजनले दुई दिनमै फेरे कुरा, अब एमालेमै डटेर सक्रिय हुने घोषणा  

काठमाडौँ- जेन-जीहरूले सोमबर र मंगलबा गरेको आन्दोलनपछि हतार हतार अनेरास्ववियुको

जलिसकेको देउवाको घरमा सर्वसाधारण, केही भेटाउने आशमा खरानी पन्छाउँदै (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनमा आगजनी गरिएको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री

जेन-जीलाई रास्वपा सांसद खनालको आग्रह : निषेधको राजनीतिको भ्रममा नपरौँ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य शिशिर खनालले

अन्तरिम सरकारको नेतृत्व दिने भए तयार छु : महावीर पुन 

काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले आफूलाई अन्तरिम सरकारको नेतृत्व