एसिया कप ह्वीलचेयर क्रिकेट नेपाल हुँदै | Khabarhub Khabarhub

एसिया कप ह्वीलचेयर क्रिकेट नेपाल हुँदै


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं — एसिया कप ह्वीलचेयर क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ । आयोजक ह्वीलचेयर क्रिकेट संघ नेपालले बिहीबार पत्रकार सम्मेलन गरी अप्रिल अन्तिम साता प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने प्रतियोगिता ४ सम्म चल्नेछ । यद्यपी प्रतियोगिताको मिति भने घोषणा गरिएको छैन् ।

‘ग्राउन्डको समस्याले गर्दा मिति यकिन गर्न नसकिएको हो । हामीले गर्ने समयमा ग्राउन्ड बुक भइसकेको रहेछ,’ आयोजक ह्वीलचेयर क्रिकेट संघ नेपालका अध्यक्ष छुल्टिम ग्याल्जिन शेर्पाले भने,‘ग्राउन्ड बुक गर्ने पक्षसंग हामीले कुरा गरिरहेका छौं । उहाँहरुको सकरात्मक जवाफ पाएका छौं ।’

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान र बंगलादेश गरी ४ राष्ट्रको सहभागिता रहनेछ । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा जम्मा ७ खेल हुनेछ । त्यसमा शीर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्ने छन् ।

अध्यक्ष शेर्पाले ह्वीलचेयर क्रिकेटको एसिया कप नेपालमा मात्र नभइ विश्वमै पहिलो पटक हुन लागेको जानकारी गराए । संघकै आयोजनामा गत वर्ष टीयू क्रिकेट मैदानमा नेपाल, भारत र बंगलादेश सम्मिलित ह्वीलचेयर कै त्रिकोणात्मक श्रृंखला भएको थियो । उक्त श्रृंखलाको उपाधि नेपालले जितेको थियो ।

पत्रकार सम्मेलनमा इन्टरनेसनल काउन्सिल फर ह्वीलचेयर क्रिकेटका चेयरम्यान पाकिस्तानका मोहम्मद जिसान, उपाध्यक्ष भारतका हरुन रसिदलगायतको उपस्थिति थियो । जिसनकै अध्यक्षतामा बुधबार काउन्सिलको बैठक पनि बसेको थियो । बैठकले नै एसिया कप नेपालमा गर्ने निर्णय गर्नुका साथै काउन्सिलको सचिवालय नेपालमा राख्ने निर्णय समेत गरेको अध्यक्ष शेर्पाले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ७ : ०३ बजे

सडक अवरुद्ध भएपछि ‘द क्लिफ’ पुलबाट एक महिनासम्म निःशुल्क हिँड्न दिइने

कुश्मा- पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने कालीगण्डकीमाथि निर्मित एशियाकै

दोर्दी खोलामा एक युवक बेपत्ता

लमजुङ – यहाँस्थित दोर्दी खोलामा पौडी खेल्ने क्रममा बगेर एक

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा छुट

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध

आवश्यक संरचना निर्माण गरेर सहकारी व्यवस्थापन गर्छौं : मन्त्री अधिकारी

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी

‘उपयुक्त वातावरण बनेपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ’

सुदूरपश्चिम– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले उपयुक्त वातावरण