सरिता गिरीलाई कारबाहीको माग राख्दै निवास बाहिर नाराबाजी « Khabarhub

सरिता गिरीलाई कारबाहीको माग राख्दै निवास बाहिर नाराबाजी


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीको माग राख्दै विरोध प्रदर्शन भएको छ ।

नेपालको राष्ट्रियता, सीमा र सरकारले जारी गरेको नयाँ नक्सालाई लिएर विवादित र आपत्तिजनक अभिव्यक्ति दिएका कारण उनीमाथि कारबाहीको माग गरिएको हो ।

युवाहरुले कारबाहीको माग राख्दै उनको घरबाहिर बुधबार नाराबाजी समेत गरेका छन् । उनीहरुले कालो झण्डा प्रदर्शन गर्दै सांसद गिरीविरुद्ध नाराबाजी गरेका छन् ।

निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएपछि उनकै पार्टीले समेत कारबाहीको चेतावनी दिएको छ । संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने जनाएको छ ।

समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अडगरियाले संशोधन प्रस्ताव फिर्ता नलिए सांसद गिरीलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

उनले भने, ‘हामीले दललाई नसोधिकन दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका छौं, फिर्ता नभए पार्टीका तर्फबाट कारबाही गर्छौं ।’

सांसद गिरीले राष्ट्रियताजस्तो संवेदनशील विषयमा संसद, सामाजिक सञ्जाल लगायतबाट लगातार आपत्तिजनक अभिव्यक्ति दिँदै आएकी छन् ।

यसैगरी विपक्षी कांग्रेसको भातृ संस्था तरुण दलले पनि सांसद गिरीलाई तत्काल पदमुक्त गर्न माग गरेको छ ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै तरुण दलले सांसद गिरीले मुलुकको स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय एकता विरुद्ध अभिव्यक्ति दिएको भन्दै तत्काल कारबाहीको माग गरेको हो ।

सांसद सरिता गिरीले आफनो पदीय मर्यादाविपरीत नेपालका भूमिहरु लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होइनन् भनेर दिएको अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानआकर्षण भएको तरुण दलले जनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ९ : ०९ बजे

कांग्रेसको बन्दसत्रबाट चार प्रतिनिधि निवेदन पास गरिने

काठमाडौं– कांग्रेसको बन्द सत्र सुरु भएको छ। बन्द सत्र मार्फत

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई