अब देशभरका जमिन डिजिटल प्रणालीबाट फेरि नापजाँच गरिने | Khabarhub Khabarhub

अब देशभरका जमिन डिजिटल प्रणालीबाट फेरि नापजाँच गरिने


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले डिजिटल प्रणालीबाट मुलुकभरका जमिन पुनः नापजाँच गर्ने कार्य भइरहेको बताएकी छन् ।

मन्त्री अर्यालले मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि राष्ट्रियसभाका सांसदहरूले उठाएका प्रश्नमाथि बुधबार राष्ट्रियसभामा जवाफ दिँदै जमिनको नापनक्सा गर्ने कार्य विकसित पछिल्लो प्रविधिमार्फत् भइरहेको बताइन ।

उनले विगतको त्रुटिपुर्ण नापनक्साका कारण जनताले निकै अप्ठ्यारो झेल्नुपरेको चर्चा गर्दै भनिन्, ‘नापनक्साको काम फित्ताबाट नभएर यन्त्रबाट गर्ने कार्यको शुरुआत गरिएको छ ।’

उनले यसै आर्थिक वर्षदेखि नेपालको सुदुरपश्चिम प्रदेशबाट ‘लाइडर प्रविधि’ मार्फत् नापनक्सा सुरु भएको सदनलाई जानकारी दिए । उनले सरकारी स्तरबाट पहिलोपटक यस किसिमको सर्भेक्षण गरिएको जानकारी दिइन ।

उनले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गरिने बताइन ।

मन्त्री अर्यालले अब कानुनी रुपमै व्यवस्था गरेर भूमिहीन, सुकुम्बासी, दलितलाई जग्गा उपलब्ध गराइने बताए । उनले, ‘भूमिहीन, सुकुम्बासी र दलितलाई एकपटकका लागि जग्गा उपलब्ध गराउन कानुनी रुपमै व्यवस्था गरेर अगाडि बढेका छौँ ।’

उनले सरकारले पहिलोपटक भूमि बैङ्कको अवधारणा ल्याएको चर्चा गर्दै जग्गाको उपयोग र उत्पादकत्त्व वृद्धि गरी रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ भूमि बैङ्क स्थापना गरिएको बताए ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ७ : ५६ बजे

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं–  ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच

त्रिभुवन विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि…

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि विमानस्थलमा उडान

अन्तर्राष्ट्रिय सम्बन्धबारे जेन-जी पुस्ताले चासो दिनुपर्नेमा जोड

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा. खड्ग केसीले अबको शासन प्रणाली

सप्तरीका भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने

राजविराज– भारतको विहार राज्यमा हुने विधान सभा आमनिर्वाचनलाई मध्यनजर गरी