सुन पसल चोरी गर्ने गिरोहका ३ पक्राउ « Khabarhub

सुन पसल चोरी गर्ने गिरोहका ३ पक्राउ


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- पूर्वी नवलपरासीको गैडाकोट स्थित मोनिका सुन चांदी पसलमा चोरी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा मेलुङ घर भई ललितपुर महालक्ष्मी-५ टिकाथली बस्ने वर्ष २४ को अनुज लामा, भक्तपुर जिल्ला सूर्य विनायक ८ वस्ने वर्ष २८ को तीर्थ बहादुर रुम्बा र भक्तपुर सिपाडोल वस्ने वर्ष ४० को जित बहादुर तामाङ रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले सुनका विभिन्न गरगहना १२ तोला ५ प्वाईन्ट, ६ थान मोवाईल बरामद गरेको छ ।

गत फागुन १८ गते मध्यरात गैडाकोटको कांग्रेस चोकका ब्यवसायी उमेश गहतराजको सुनचांदी पसलबाट ६९ तोला ५ लाल सुन तथा सेफ लकर चोरी भएको जाहेरी प्रहरीमा परेको थियो ।

सुनचाँदी पसलबाट चोरी भएको भनिएको सुन तथा १ किलो चाँदीका तयारी गहना र नगद ७ लाख रुपैयाँ समेत रहेको सेफ लकरका सम्बन्धमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

 

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ६ : ४६ बजे

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अर्थ र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिका बैठक आज