सडक विभागका इञ्जिनीयरविरुद्ध मुद्दा « Khabarhub

सडक विभागका इञ्जिनीयरविरुद्ध मुद्दा


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा सडक विभागका इञ्जिनीयर भरतराज आचार्यविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विभागमा लामो समय सेवा गरेका आचार्यले गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरेको सन्दर्भमा परेको उजुरीमाथि छानबिन गर्दा अकूत सम्पत्ति आर्जन गरेको पाइएको हो ।

आयोगका अनुसार सरकारी सेवाअन्तर्गत सार्वजनिक निर्माण शाखा रुकुममा सव ओभरसियर पदमा २०४१ असोज १२ मा अस्थायी रुपमा प्रवेश गरेको र २०४३ असार ३१ गते ओभरसियर पदमा स्थायी नियुक्ति लिएको पाइएको छ । आयोगले २०६४ वैशाख १ गते इञ्जिनीयरमा पदोन्नति भएका आचार्य सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा कार्यरत रहेको पाइएको छ ।

सार्वजनिक सेवामा प्रवेश भएपछि आचार्यले आफू र श्रीमतीका नाममा जग्गा खरिद गरेको, घर निर्माण, सवारी साधन खरिदलगायतमा खर्च गरेको पाइएको आयोगले जनाएको छ । आयोगले २०७६ जेठसम्म गरेको अनुसन्धानका क्रममा आचार्यले रु दुई करोड सात लाख ७९ हजार ९८६ बराबरको सम्पत्ति वैधरुपमा आर्जन गरेको देखिएको जनाएको छ ।

यस्तै, रु पाँच करोड २९ लाख ४२ हजार ४६६ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । आयको तुलनामा खर्च बढी भएको पाइएकाले रु तीन करोड २१ लाख ६२ हजार ४८० बराबरको सम्पत्तिको वैध आय स्रोत देखिएको छैन ।

आयोगले आचार्यको श्रीमती रितादेवी खनाल आचार्यको नाममा समेत राखेको पाइएकाले स्रोत नखुलेको सम्पत्ति जफत गर्नुपर्ने माग दाबी गरेको छ । आयोगले बिगोसमेत असुल उपर गरी हदैसम्मको कारवाहीको माग गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले आजै जिल्ला अदालत, कपिलवस्तुमा दोभाषेका रुपमा कार्यरत विश्वनाथ कुर्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ठगी मुद्दामा सहजीकरण गरिदिने भन्दै कुर्मीले एक सेवाग्राहीसँग रु दुई लाख घुस लिएको अभियोग लागेको छ । आयोगले बिगोअनुसारको कारवाहीको माग गरेको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ९ : २३ बजे

अस्पतालमा भर्ना नलिई फुटपाथमा प्रसूति घटनाको छानबिन गर्न टोली गठन

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि

‘अनलाइन प्रणाली ह्याक गराएर सरकारले गुण्डागर्दी र लुटपाट शैलीमा ठेक्कापट्टा लगाउन खोज्यो’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सरकारले

हिजबुल्लाहले बनाएको दुई किलोमिटर लामो सुरुङमा इजरायलले विस्फोट गराउँदा ४.१ म्याग्निच्युडको भूकम्प

जेरूसेलम- इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहले निर्माण गरेको २ किलोमिटरभन्दा लामो

शल्यक्रियापछि काममा फर्किइन् दीपाश्री, स्टुडियोको ढोका ढोगेर काम सुरु गरिन्

काठमाडौं – कलाकार तथा निर्देशक दीपाश्री निरौला ब्रेन ट्युमरको शल्यक्रिया

होल्डिङ सेन्टरमा घुम्ती स्वास्थ्य सेवा दिन निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले घुम्ती