साउन १५ र खिरको महिमा « Khabarhub

साउन १५ र खिरको महिमा



नेपालमा रहेका सबै जात-जातिहरुले आ-आफ्नै धर्म र संस्कृति अनुरुप विभिन्न चाडपर्वहरु मनाउने गर्दछन् ।

चाडपर्वमा विशेष गरी दही, माछा-मासु, खिचडी, सेल, घ्युचाकु, दही चामल, दही च्यूँरा, खिर आदि परिकारहरु बनाइ खाने प्रचलन रहेको पाइन्छ ।

नेपालमा प्रत्येक वर्ष साउन १५ गते खिर खाएर मनाउने गरिन्छ । पुर्खाहरुले धार्मिक तथा वैज्ञानिक महत्वलाई बुझेर नै हाम्रो मौलिक संस्कृति जोगाउन साउन १५ मा खिर खाने प्रचलन बनाएको जानकारहरु बताउँछन् ।

यो हाम्रो लागि ठूलो उपलब्धि हो । किनकी यसले हाम्रो सांस्कृतिक महत्वलाई मात्र दर्शाउँदैन, पारिवारिक जमघट र आफन्तहरुबीचको सामिप्यतालाई अझ प्रगाढ बनाउँछ ।

यसले देशको पहिचान बढाउनुका साथै पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुर्‍याउँछ । विभिन्न सांस्कृतिक परम्परा नै हाम्रो देशो मौलिक पहिचान हो । यस्तो संस्कृति कतै पनि छैनन् । हाम्रा मौलिक पहिचानको जर्गेना गर्नु ठूलो चुनाैती बन्दै गएको छ । यसमा आम जनताको चासो रहन आवश्यक छ ।

साउन १५ गतेलाई देशैभर खिर खाने दिनको रुपमा लिइन्छ । प्राचिन कालदेखि खिर एक उत्कृष्ट र पवित्र खानाको रुपमा लिइन्छ । धार्मिक आस्था राख्नेहरुले खिरलाई शुद्ध परिकारका रुपमा समेत लिन्छन् ।

आयुर्वेद शास्त्रमा खिरमा हालिने वस्तुहरू विशिष्ट औषधीय गुणका छन् । खिरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राख्ने गरिन्छ। ती सबै वस्तुमा औषधीय गुण छ र स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ।

आर्युवेद विज्ञानमा समेत खिरको महत्व अझ ठूलो रहेको छ । यस दिन खिर खाएमा शुभ हुने धार्मिक मान्यता पनि छ ।

असार- साउन महिनामा धेरै वर्षा हुने र पानीले भिज्दा विभिन्न किसिमका रोग-व्याधिहरु लाग्ने तथा बिरामी पर्ने हुँदा रोगबाट छुट्कारा पाउन खिर खान उपयुक्त हुने आयुर्वेदले बताउँछ ।

आयुर्वेद शास्त्रमा खिरमा हालिने वस्तुहरू विशिष्ट औषधीय गुणका छन् । खिरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राख्ने गरिन्छ। ती सबै वस्तुमा औषधीय गुण छ र स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ। खिरले रोग प्रतिरोधात्मक क्षमता बढाउने हुँदा मानव स्वास्थ्यका लागि उपयुक्त मानिन्छ ।

वर्षायाममा विभिन्न संक्रमण भइ रोग लाग्ने गर्दछन् । त्यसैले रोग नलागोस् र संक्रमण नहोस्, थकान नलागोस् , फुर्ति प्रदान होस् भन्ने हेतुले खिर खाने गरिन्छ । गर्मी महिना भएको कारणले शरिरमा दाद, खटिरा, घाउ, लुतो जस्ता रोगले दुःख दिने गरेको पाइन्छ। यी र यस्ता रोगबाट बच्न प्रतिरोधात्मक शक्ति बढाउन साउन महिनामा दुध र दुधजन्य पदार्थको बढी नै सेवन हुने गरेको पाइन्छ ।

आजभोलि सबै किसिमका खानेकुराहरु सबै समयमा पाइने भए तापनि त्यसको सही उपभोग भएको पाइँदैन । जसका कारण मानिसहरुमा विभिन्न स्वास्थ्य सम्बन्धी समस्या धेरै उत्पन्न भएको पाइन्छ ।

आजकाल चाडपर्व फेसनको रुपमा पनि मनाउने गरेको पाइन्छ । यसरी चाँडपर्वलाई फेसनका रुपमा भन्दा पनि मौलिक परम्परालाई जिवन्त राख्नेतर्फ ध्यान दिनु जरुरी हुन्छ ।

सरकारले करीब ४ महिनापछि लकडाउन खोले पनि कोरोनाको सन्त्रास यथावत नै छ । यसवर्ष गाउँघर होस या शहर बजार नै किन नहोस साउन १५ विगतका वर्षजस्तो उल्लाउसमय छैन ।

साउन १५ मा देशैभर खिर खाने चलन भएकोले दुधको खपत पनि अरु दिनको तुलनामा  ४ गुणा बढी हुने गर्दछ ।  दैनिक उत्पादनको दुधले नपुग्ने भएकोले डेरी उद्योगहरुले दुई चार दिन अगाडि देखि नै दुध भण्डारण गरि बिक्री गर्ने गरेको पाइएको छ । यस पटक भने कोरोना भाइरसका कारण दूधको खपतमा कमी आएको छ ।

सरकारले करीब ४ महिनापछि लकडाउन खोले पनि कोरोनाको सन्त्रास यथावत नै छ । यसवर्ष गाउँघर होस या शहर बजार नै किन नहोस साउन १५ विगतका वर्षजस्तो उल्लाउसमय छैन । कोरोना माहामारीका कारण होटल,रेष्टुरेण्ट, स्कुल, कलेज, पार्टीप्यालेस, क्यानटिन आदि सबै बन्द भएका कारण दुधको खपत पनि कम भएको छ ।

सबै किसिमका चाडपर्वको संरक्षण गरी भावी पुस्तालाई हाम्रा सांस्कृतिक परम्पराको महत्व बुझाउनु हाम्रो कर्तव्य हो । यसले हाम्रो देशको मौलिक पहिचान झल्काउँछ। पश्चिमा मुलुकको संस्कृतिको नक्कल गरेर होइन कि आफ्नै धर्म संस्कृति जोगाउनेतर्फ लाग्नु हाम्रो दायित्व पनि हो ।

( लेखक नेपाल डेरी एसोसिएशनका महासचिव हुन् )

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ८ : ५२ बजे

हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको

अत्याधुनिक क्यामेराबाट बाघ गणना सुरु

चितवन– मुलुकमा प्रत्येक चार वर्षमा गरिने बाघ गणना आजदेखि सुरु

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं–  चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक

बीपी क्यान्सर अस्पताललाई चिनियाँ दूतावासको विद्युतीय गाडी

काठमाडौं- नेपालस्थित चिनियाँ दूतावासले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनलाई

ईश्वर पोख्रेल मतदान स्थल पुगे, ओली जाँदै 

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि नेतृत्व चयन गर्न आज