डीआईजी कार्कीलाई कोरोना संक्रमण « Khabarhub

डीआईजी कार्कीलाई कोरोना संक्रमण


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश १ प्रहरी कार्यालय विराटनगर प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका मोहम्मद हैदर अलीले प्रदेश प्रहरी कार्यालयका ५ जना प्रहरी अधिकारीको प्रदेश जनस्वास्थ्य प्रयोशालामा गरिएको स्वाब परीक्षणमा प्रहरी नायव महानिरीक्षक ५२ वर्षीय कार्कीको रिपोर्ट पोजिटिभ आएको बताए ।

अन्यको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए ।

प्रदेश सरकारको सहयोगमा प्रदेश प्रहरी कार्यालयभित्र निर्माण गरिएको आइसोलेसन केन्द्रमा नै उनलाई राखिने स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।

प्रदेश १ मा हालसम्म ३ सय ५५ जना प्रहरीलाई कोरोना संक्रमण देखिएकोमा २ सय २० जना डिस्चार्ज भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा मंगलबार ८० जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ८ : ४७ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने