खोप लगाएकाहरू भन्छन्, ‘बाच्ने आशा जाग्यो’ | Khabarhub Khabarhub

खोप लगाएकाहरू भन्छन्, ‘बाच्ने आशा जाग्यो’


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको बेला सङ्क्रमणबाट बच्नका लागि एउटै मात्र भरपर्दो मानिएको कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएकाहरू खुशी भएका छन् ।

सङ्क्रमणका कारण उच्च जोखिममा रहेको जिल्लामा कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउन पाएपछि खोप लगाउनेहरूले बाँच्ने आशा बढेको भन्दै खुशी व्यक्त गरेका हुन् ।

भारतसँग सिमाना जोडिएको पश्चिम तराईको कैलाली जिल्लाका विभिन्न वस्तीमा नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या हजार बढी छ । सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या पनि २०० भन्दा बढी पुगिसकेको छ ।

घोडाघोडी नगरपालिका–३ मा रहेको दरख स्वास्थ्य चौकीमा पुगेर कोरोनाविरुद्धको दोस्रो खोप लगाएका पत्रकार वीरेन्द्र शाह निकै खुशी देखिए । जिल्लामा बढ्दो सङ्क्रमण र मृत्युका खबर सुनेपछि घरपरिवारबाट समाचार सङ्कलन गर्न जाँदा समेत गरिने चिन्ताले उनीमा तनाब बढेको थियो ।

कोरोनाविरुद्धको खोप कोभिड शिल्डको पहिलो मात्रा लगाएपछि समाचार सङ्कलनमा सावधानी अपनाउँदै निस्के पनि घरपरिवार जस्तै आफूलाई पनि चिन्ता हुने गरेको शाहले बताए ।

खोपको दोस्रो मात्रा लगाइसकेपछि भने पत्रकार शाहलाई आफ्नो कर्ममा खटिन थप आत्मबल बढेको  बताए । घरपरिवारमा समेत चिन्ता हटेको छ ।

खोपको पहिलो मात्रा लगाइसकेपछि खोपको उत्पादन गर्ने भारतमै खोपको अत्यधिक माग बढेपछि नेपालमा थप खोप आउने नआउने अन्योलताका बीच खोपको दोस्रो मात्रा ल्याएर नागरिकको जीवनरक्षामा सरकार गम्भीर भएको देख्दा राज्य भएको अनुभूति भएको शाहको भनाइ छ ।

कोरोनाविरुद्धको खोपको एकै मात्रा मात्र लगाएकाहरूमा पनि सङ्क्रमणको बढी जोखिम हुने जस्ता समाचार सुनेर आत्तिएका सरसफाइ कर्मचारी बुधराम चौधरीलाई पनि कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाएपछि चिन्ता हटेको छ ।

दैनिक फोहर सङ्कलन र व्यवस्थापन गर्न बजारका गल्लीगल्ली हिँड्नुपर्ने हुँदा उनी निकै आत्तिएका थिए ।

“काम नगरे भोकै मर्ने डर थियो त काम गर्दा कोरोना सर्ने चिन्ता थियो”, उनले भने, “तर अब भने दोस्रो मात्राको खोप लगाइसकेपछि केही सावधानी अपनाए कोरोना सङ्क्रमण हुने कुराको चिन्ता हटेको छ ।”

दोस्रो चरणको खोपको मात्रा लगाउने बारे नगरपालिकाले स्थानीय रेडियोमा बजाएको सन्देश सुनेदेखि नै खोप लगाउन उत्साहित सीता रावलले खोप लगाइसकेपछि आनन्द महसुश बताइन् । उनले भनिन, “पहिलो खोप लगाए पनि दोस्रो खोप कहिले लगाउन पाइएला भन्ने थियो आज आएर त्यो पनि पूरा भयो, अब ढुक्क महशुस गरेकी छु ।”

सरकारले अब सबै जनतालाई छिटोभन्दा छिटो खोप लगाएर जनताको जीवनरक्षा गर्नुपर्ने उनको भनाइ छ ।

एकै दिन दरख स्वास्थ्य चौकीमा ६५ जनाले कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाएको घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले बताए ।

शुरुशुरुमा कोरोनाविरुद्धको खोपका बारेमा फैलिएको भ्रमका कारण धेरैले खोप नलगाए पनि पछि विस्तारै सबैको खोपप्रतिको विश्वास बढ्दै गएकाले खोप लगाउनेहरूको सङ्ख्या घोडाघोडीमा उल्लेख्य मात्रामा रहेको रावतले जानकारी दिए ।

खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्राको लागि समय कुरेर बस्नेको सङ्ख्या सात हजारभन्दा बढी रहेको छ । दोस्रो मात्राको खोप लगाउन बाँकी भएकाहरू सरकारले छिट्टै खोप ल्याइदिने र लगाएर ढुक्क हुने दिनको पर्खाइमा रहेको रावतले बताए ।

कोरोनाविरुद्धको खोप लगाउन आउनेहरूले छिट्टै खोप ल्याएर लगाइदिएका कारण सरकार र खोप लगाउन खटिएका स्वास्थ्यकर्मीलाई दिने स्याबासीले काममा ऊर्जा थपिएको भन्दै रावतले खुसी व्यक्त गरे । रासस 

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  १० : २३ बजे

पनडुब्बी विकासमा भारतसँग सहकार्य गर्ने ब्राजिलको चाहना

काठमाडौँ– ब्राजिलले आणविक ऊर्जाबाट सञ्चालन हुने पनडुब्बीको विकास गर्न भारतसँग

अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालय बन्द

वीरगञ्ज– अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालय दुई दिन बन्द

कृषिको आधुनिकीकरणका लागि सरकार लागिपरेको छ : मन्त्री अधिकारी

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले निर्वाहमुखी कृषिलाई दिगो,

साफ यू -१७ : श्रीलंकामाथि नेपालको फराकिलो जित

काठमाडौं – साफ यू –१७ च्याम्पियनसिप अन्तर्गत  नेपालले श्रीलंकाविरुद्ध फराकिलो

चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको आलोचना

एजेन्सी– वासिङ्टनले चिनियाँ र रूसी प्रविधि प्रयोग गरी सवारी साधनको