कांग्रेसका कार्यकर्ताबीच सिन्धुपाल्चोकमा कुटाकुट, एक जना घाइते « Khabarhub

कांग्रेसका कार्यकर्ताबीच सिन्धुपाल्चोकमा कुटाकुट, एक जना घाइते


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– कांग्रेसको जागरण अभियान कार्यक्रममा सिन्धुपाल्चोकमा कांग्रेसका कार्यकर्ताबीच कुटाकुट हुँदा एक जना घाइते भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच कुटाकुट हुँदा तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको छ । कार्यक्रमको मन्तव्यकै क्रममा देउवा पक्षधर जिल्ला नेता र पौडेल पक्षधर नेता तथा कार्यकर्ताबीच भनाभन हुँदा विवादले उग्ररुप लिएको थियो ।

झडपपछि कार्यक्रमका सहभागीबीच भागभाग मच्चिएको थियो । सिन्धुपाल्चोकमा शेरबहादुर देउवा र पौडेल पक्षबीच लामो समयदेखि विवाद रहँदै आएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  १० : ०२ बजे

पाँच वर्षे छोरालाई आमाको आशीर्वाद- ‘सरी’ भन्ने बानी कहिल्यै नत्याग्नू !

चिठ्ठी साहित्य प्रिय बाबु आयान्स,असीम माया !तिमी अहिले पाँच वर्षका

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने