अभिनेता प्रकाश राज सुटिङमा घाइते « Khabarhub

अभिनेता प्रकाश राज सुटिङमा घाइते


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– दक्षिण भारतीय फिल्मका अभिनेता प्रकाश राज एक फिल्मको सुटिङमा लडेर घाइते भएका छन् । अभिनेता चेन्नइमा मिथरण जवाहरको नयाँ फिल्म ‘डी ४४’को सुटिङका क्रममा घाइते भएका हुन् ।

समाचारअनुसार उनको हात भाँचिएको छ । यो कुराको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । ‘म लडेँ । मेरो शरीरमा एउटा सानो फ्याक्चर भएको छ । सर्जरीका लागि म आफ्नो डा. गुरुवरेड्डी साथीसँग हैदराबाद जाँदैछु । म चाँडै ठिक हुन्छु । मेरो बारेमा चिन्ता लिनुपर्ने कुनै कारण छैन’, ५६ वर्षीया अभिनेताले लेखेका छन् ।

दक्षिण भारतीय फिल्ममा अभिनयको पर्याय बनेका प्रकाशले बलिउडमा पनि धेरै फिल्ममा अभिनय गरेका छन् । उनी दर्शकमाझ नकारात्मक भूमिकाका लागि लोकप्रिय छन् । उनले पाँच पटक राष्ट्रिय पुरस्कार जितेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ११ : ३५ बजे

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये