इन्गेज्ड भइन् नयनतारा | Khabarhub Khabarhub

इन्गेज्ड भइन् नयनतारा


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– दक्षिण भारतीय फिल्ममा नयनतारा एउटा ठूलो नाम हो । उनी दक्षिण भारतीय फिल्ममा महंगी अभिनेत्रीका रुपमा चिनिन्छिन् । उनी फिल्मी अभिनयले मात्र होइन, निजी जीवनका कारण पनि चर्चामा आइरहन्छिन् ।

उनले हालैमात्र लामो समयदेखिको प्रेमी र निर्देशक विग्नेश शिवनसँग इन्गेजमेन्ट गरेकी छन् । नयनताराले हालै विजय टेलिभिजनको ट्वीटर हेण्डलमार्फत एक प्रोमो शेयर गरेकी छन् ।

प्रोमोमा अभिनेत्रीले इन्गेजमेन्ट गरिरहेको देख्न सकिन्छ । भिडियोमा नयनताराले इन्गेजमेन्टको औठी लगाएकी छन् । उनी आफैंले पनि निर्माता तथा निर्देशक विग्नेशसँग इन्गेजमेन्ट गरेको स्वीकारेकी छन् ।

नयनताराले ‘वेलइक्करन’, ‘इमइक्का नोडिगल’, ‘कोलाइथुर कालम’, ‘जय सिम्हा’, ‘कोको’ जस्ता फिल्ममा अभिनय गरेकी छन् । उनले फिल्म ‘आया’मा आफ्नो भूमिकाका कारण लोकप्रियता पाएकी थिइन् ।

उनी चाँडै अभिनेता शाहरुख खानका साथ बलिउडमा डेब्यू गर्दैछिन् ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ११ : ५५ बजे

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ