‘बिग बोस’ प्रतिष्पर्धी मूस भन्छिन्–युवतीसँग विवाह गर्न चाहन्छु « Khabarhub

‘बिग बोस’ प्रतिष्पर्धी मूस भन्छिन्–युवतीसँग विवाह गर्न चाहन्छु


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– ‘बिग बोस’ ओटीटीको एक धमाकेदार प्रस्तुति भइसकेको छ । कलर्स टेलिभिजनमा प्रसारण हुने यो टेलिभिजन शो यसपटक ओटीटी प्लेटफर्मबाट प्रसारण भयो । ‘बिग बोस १५’को यो नयाँ रुपमा प्रख्यात सामाजिक सञ्जार स्टार मूस जटानाले पनि सहभागिता जनाइन् ।

यो टेलिभिजन शोका दर्शकले वूटमा २४ घण्टा लाइभ फीडमा पनि हेर्न सक्छन् । यो शोमा मूसले अहिले एउटा यस्तो कुरा बताएकी छन्, जुन कुराले जोकोही चकित भएका छन् । मूसले शोको सहप्रतिष्पर्धी प्रतीक सेहजपालसँग कुराकानी गर्दै आफू समलिंगी भएको खुलासा गरेकी छन् ।

‘मलाई केटा मनपर्छ । तर विवाह एक युवतीसँग गर्न चाहन्छु । म केटाहरुसँग बढी घनिष्ठता महशुस गर्छु । तर एक युवतीसँगको सम्बन्ध मेरा लागि बढी महत्वपूर्ण हुन्छ । कोही युवतीसँग मेरो घनिष्ठता बढ्यो भने म उसँगै विवाह गर्न चाहन्छु,’ उनले भनेकी छन् ।

मूस इन्स्टाग्राम र टिकटक दुनियाँमा चिनिएको अनुहार हो । उनी सामाजिक र राजनीतिक मुद्धामा बोल्ड शैलीमा आफ्नो विचार राख्छिन् । मूस शोमा आफ्नो यूनिक पहिरन शैलीका कारण चर्चामा छिन् ।

शोमा उनले प्रख्यात कोरियोग्राफर निशान्त भट्टलाई आफ्नो कनेक्सन छनोट गरेकी छन् । ‘बिग बोस’को घरमा प्रवेश गरेपछि उनको पहिलो झगडा भोजपुरी अभिनेत्री अक्षरा सिंहसँग भएको थियो । जहाँ मूसले अक्षराको व्यावसायिक जीवनको खिल्ली उडाएकी थिइन् ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ४ : ५५ बजे

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये