एडल्ट फिल्म स्टार बन्न चाहन्थे शाहरुख | Khabarhub Khabarhub

एडल्ट फिल्म स्टार बन्न चाहन्थे शाहरुख


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड सुपरस्टार शाहरुख खान बलिउडको बौद्धिक अभिनेताका रुपमा चिनिन्छन् । उनको चतुर शैली र सेन्स अफ ह्युमरबाट जोकोही प्रभावित छन् । शाहरुख सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी फ्यानका जस्तो सुकै प्रश्नको सरल र सहज किसिमले उत्तर दिन्छन् । जुन उत्तरले उनी समय–समयमा विवादमा पनि तानिन्छन् ।

सन् २००९ मा शाहरुख प्रवद्र्धन गुरु अरिन्दम चौधरीको पुस्तक ‘डिस्कभर द डायमण्ड इन यू’ सार्वजनिक गर्ने कार्यक्रममा उपस्थित थिए । जहाँ उनले आफ्नो एक अनौठो इच्छाको खुलासा गरेका थिए ।

कार्यक्रममा शाहरुखले आफू एक एडल्ट फिल्मको स्टार बन्न चाहेको बताउदा कार्यक्रममा उपस्थित सबै चकित परेका थिए ।

‘म जहिल्यै एडल्ट फिल्मको स्टार बन्न चाहन्थें । म एडल्ट फिल्म स्टार बन्नका लागि पुरा सकारात्मक र स्पष्टताका साथ काम गर्न चाहन्थें’, उनले भनेका छन् ।

शाहरुखले आफू सिल्वेस्टर स्टेलोनको ठूलो फ्यान रहेकाले उनकै पदचाप पछ्याउन चाहेको खुलाएका थिए । किनकी सिल्वेस्टर हलिउडमा सुपरस्टार बन्नु अघि एडल्ट फिल्मको स्टार थिए । कार्यक्रममा शाहरुखले आफू एक सफल एडल्ट स्टार बनेर देखाउने घोषणै गरेका थिए ।

शाहरुख चाँडै नै सिद्धार्थ आनन्दको एक्सन थ्रिलर फिल्म ‘पठान’मा देखिँदैछन् । यो फिल्ममार्फत उनी ४ वर्षपछि दर्शकमाझ आउँदैछन् । उनी एटलीको नयाँ फिल्म ‘साँकी’मा दक्षिण भारतीय अभिनेत्री नयनताराका साथ देखिँदैछन् ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  १ : ४५ बजे

नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह

काठमाडौं – नेपालस्थित भारतीय दूतावासले नेपाल भ्रमणमा आउने भारतीय नागरिकलाई

सुडानमा चर्किएको जातीय हिंसाप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त

जेनेभा – सुडानको जारी युद्ध यस वर्षको सुरुदेखि नै तीव्र

मधेस प्रदेश सरकारले सहिद परिवारलाई रु दुई लाख ५० हजार प्रदान गर्ने

जनकपुर – मधेस प्रदेश सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका

अमलेखगञ्जबाट नरभक्षी बाघ नियन्त्रणमा

पर्सा – मान्छेलाई पटकपटक आक्रमण गरेर ज्यान लिँदै आएको नरभक्षी