दोस्रोपटक आमा बन्दै स्कारलेट « Khabarhub

दोस्रोपटक आमा बन्दै स्कारलेट


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(आजतक)– ‘ब्ल्याक विडो’ अभिनेत्री स्कारलेट जोहानसन गर्भवती भएको चर्चा गत महिना खुबै चलेको थियो । अहिले स्कारलेटका पति कोलिन जोस्टले अभिनेत्री गर्भवती भएको कुरा स्वीकारेका छन् । उनले स्टेण्डअप कमेडी एक्टको बेला श्रीमति स्कारलेट गर्भवती भएको खबर सार्वजनिक गरेका हुन् ।

स्कारलेटको यो दोस्रो गर्भ हो । उनको ६ वर्षको छोरी छन् । यी छोरी उनको पहिलो विवाहबाट भएको हो । उनका पूर्व पति फ्रेञ्चमेन रोमेन दौरियाक हुन् । फ्रेञ्चमेनसँगको सम्बन्धविच्छेदपछि स्कारलेट र कोलिनले तीन वर्ष डेट गरेका थिए । त्यसपछि उनीहरुले अक्टोबर २०२० मा विवाह गरेका थिए ।

स्कारलेटको निजी जीवन निकै राम्रोसँग चलिरहेको छ । तर उनको व्यावसायिक जीवन भने केही विवादास्पद बनेको छ । उनले डिज्नीमाथि मुद्धा दायर गरेकी छन् । स्कारलेटका अनुसार उनले डिज्नी र मार्वल इन्टरटेनमेन्टका साथ फिल्मलाई थिएटरमा रिलिज गर्न अनुमति दिएकी थिइन् । तर फिल्मलाई डिज्नी प्लसमा रिलज गरेर उनको अनुमतिको उल्लंघन गरिएको थियो । हाल यो मुद्धा अदालतमा चलिरहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ११ : ५० बजे

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये