अभिनेत्री अजितालाई तालिबानको धम्की « Khabarhub

अभिनेत्री अजितालाई तालिबानको धम्की


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तान(आजतक)– तालिबानले अफगानिस्तानमा कब्जा गरिसकेको छ । अफगानिस्तानमा तालिबानको सत्ता आएको छ, जसकारण त्यहाँका मानिसहरु निकै डराइरहेका छन् । कतिपयले देश छोडिरहेका छन् । विश्वका कैयौं मानिसहरु अफगानिस्तानी जनताको सुरक्षा र न्यायको माग गरिरहेका छन् ।

अफगानिस्तानी जनता बेसहारा हुँदै गएको देखेर अफगानी मूलकी एक हलिउड अभिनेत्री अजिता घानीजाडा लगातार निर्दोष मानिसको लागि आवाज उठाइरहेकी छन् । उनले तालिवानका काला कर्तुत पनि विश्वमाझ सार्वजनिक गरिरहेकी छन् ।

उनले नियमित रुपमा आफ्नो सामाजिक सञ्जाल हेण्डलका माध्यमबाट अफगानिस्तानको अनुहार विश्वमाझ देखाइरहेकी छन् । उनले अफगानिस्तानी मानिसको न्यायको माग गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रश्न गरेकी छन् ।

तर यो प्रश्न तालिबानका लागि सह्य भएन । तालिबानको झुठो अनुहार विश्वमाझ उतार्ने अभिनेत्रीलाई तालिबानीले धम्की दिन थालेको छ । यो कुराको खुलासा अभिनेत्रीले आफ्नो एक सामाजिक सञ्जाल पोष्टका माध्यमबाट गरेकी हुन् ।

तर उनी डराएका छैनन् । ‘हरेक मिनेट चिज परिवर्तन हुँदै गएको छ । मलाई तालिबानले सन्देश पठाइरहेको छ, ‘डियर गर्ल, चिन्ता नगर्नु, प्रोपोगाण्डा फैलाउन बन्द गर्नु’, उनले लेखेकी छन् ।

४१ वर्षीया यी अभिनेत्रीको जन्म अफगानिस्तानको काबुलमा भएको थियो । उनको पिता तेहरानको अमेरिकी दुताबासमा काम गर्थे । उहाँबाट उनले अमेरिका जाने मौका पाए । त्यो समयमा अजिता सानी थिइन् । उनलाई अभिनयमा लाग्ने प्रेरणा उनको आमाको भारतीय र अमेरिकी कलाकारप्रतिको प्रेम देखेर भएको थियो । उनले कैयौं ठूला फिल्म र टेलिभिजन शोमा अभिनय गरेकी छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  १२ : ५० बजे

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये