कटरीना र विक्कीबीच खटपट « Khabarhub

कटरीना र विक्कीबीच खटपट


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेत्री कटरीना कैफ र उनका कथित प्रेमी विक्की कौशलको इन्गेजमेन्ट भएको खबरले केही समय अघि बलिउड बजार तातेको थियो । यद्यपि यो कुराको दुवैजनाले पुष्टि गरेनन् ।

यहीबीचमा उनीहरुबीचमा खटपट भएको नयाँ खबर बाहिर आएको छ । कटरीना फिल्म ‘टाइगर ३’को सुटिङका लागि विदेश उड्नुअघि दुवै पक्षबीच खटपट भएको खबर बाहिर आएको हो ।

‘विक्की र कटरीना दुवैजना इन्गेजमेन्टको खबरले चिन्तित थिए । उनीहरु दुवैलाई कसको पीआर टिमले गलत खबर बाहिर ल्यायो भन्नेमा चिन्ता छ । यही खबरका कारण उनीहरुबीच निकै खटपट भएको छ । उनीहरुको हातमा धेरै फिल्म भएकाले उनीहरु फिल्मको कुराहरु मिडियामा आओस् भन्न चाहन्छन्’, उनीहरु निकट स्रोतले भनेको छ ।

कटरीना गत साता सलमान खानसँग फिल्म ‘टाइगर ३’को सुटिङका लागि विदेश गएकी थिइन् । यशराज ब्यानरमा बन्ने यो फिल्म अलग अलग देशमा छायांकन हुनेछ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ३ : ३० बजे

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये