मृत भेटिइन् ‘कंचना ३’ अभिनेत्री अलेक्जेण्डर « Khabarhub

मृत भेटिइन् ‘कंचना ३’ अभिनेत्री अलेक्जेण्डर


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– रसियन मोडल तथा अभिनेत्री अलेक्जेण्डर उत्तर गोवाको एक घरको छतमा झुण्डिएको अवस्थामा भेटिएकी छन् । २४ वर्षीया अभिनेत्री गत शुक्रबार आफ्नो घरको भित्री कोठाको छतमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।

उनी यो घरमा प्रेमीका साथ बस्दै आएकी थिइन् । गोवा प्रहरीले प्रारम्भिक अनुसन्धानमा आत्महत्या भने पनि उनीहरु पोस्टमार्टम रिपोर्ट पर्खिरहेका छन् । प्रहरीका अनुसार अलेक्जेण्डर मानसिक रुपले तनावग्रस्त थिइन् । पछिल्ला केही दिन यता उनी नियमित औषधि लिइरहेकी थिइन् ।

गोवा प्रहरीले रसियन दुतावासलाई कानूनी प्रक्रिया सुरु गर्न भनेको छ । उनीहरुले दुतावासलाई पोस्टमार्टम रिपोर्ट चाँडै आउने आश्वासन दिएका छन् ।

अलेक्जेण्डरले सन् २०१९ मा चेन्नई प्रहरीमा एक फोटोग्राफरविरुद्ध यौन दुव्र्यवहारको उजुरी दिएकी थिइन् । उनले फोटोग्राफरले तस्वीर खिच्नुको साटो यौन चाहना व्यक्त गरेको दाबी गरेकी थिइन् ।

अभिनेत्रीको निधनपछि चेन्नई प्रहरीले गोवा प्रहरीलाई हरेक किसिमको सहयोग गर्ने आश्वासन दिएको छ ।

अलेक्जेण्डरले तमिल फिल्म ‘कंचना ३’मा अभिनय गरेकी थिइन् । राघव लरेन्सको यो फिल्ममा उनले रोजी नामको एक चुडेलको भूमिका निभाएकी थिइन् । जसले बदला लिने काम गरेकी छन् । फिल्ममा निक्की तम्बोली, वेदिका कुमार, सरला र श्रीमनजस्ता कलाकारले अभिनय गरेका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ११ : ५९ बजे

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित : १९ जनाको मृत्यु, हजारौँ विस्थापित

न्होम्पेन– कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौं– नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले