हेलमेट लगाएर कण्डम किन्थे अपारशक्ति « Khabarhub

हेलमेट लगाएर कण्डम किन्थे अपारशक्ति


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– ओटीटी प्लेटफर्म जी५मा आगामी साता फिल्म ‘हेलमेट’ रिलिज हुँदैछ । फिल्मको ट्रेलर निकै हसाउने र रमाइलो किसिमको छ ।

फिल्मको कथा कण्डम किन्ने र यसको प्रयोग कसरी गर्ने भन्ने विषयमा आधारित छ । फिल्ममा अपारशक्ति खुराना, आशिष वर्मा, अभिषेक बनर्जी, प्रनूतन बहल र अरुनिता झाको अभिनय छ ।

फिल्मको प्रमोसनमा व्यस्त अपारशक्ति र अभिषेकले एक अन्तरवार्तामा वास्तविक जीवनमा कण्डमसँग जोडिएको अनुभव सुनाएका छन् । अपारशक्तिका अनुसार कलेज जीवनमा उनी हेलमेट लगाएर कण्डम किन्न जान्थे ।

‘हेलमेट लगाएर कण्डम किन्नु सजिलो हुन्छ । हेलमेट लगाएर कण्डम किन्थें र छिटो छिटो निस्कन्थें । चण्डीगढमा सबैले मलाई चिन्थे । त्यही भएर मलाई हेलमेट लगाएर कण्डम किन्नु बाध्यता थियो । ट्रेलर हेरेपछि धेरैले मलाई सन्देश पठाएर वास्तविकता यही नै हो भनेका थिए । आशा छ यो फिल्म रिलिज पछि यस्तो हुनेछैन’, अपारशक्तिले भनेका छन् ।

अभिषेक भने कण्डम आफ्नो तन्नामुनी राखेर सुत्थे । तर एकदिन त्यो कण्डम उनका पिताले भेट्टाएका थिए ।

अभिषेकलाई चाहिँ कण्डम किन्नु भन्दा पनि त्यसलाई कसरी राख्ने भन्ने बारेमा तनाव हुन्थ्यो । त्यही कारण उनी आफ्नो झोलामा कण्डम राख्थे । तर उनको झोलामा आमाले हेर्ने भएकाले उनी ओछ्यानको तन्ना मुनी राख्थे । ‘एक दिन तन्नामुनी मैले कण्डम भेटिनँ । घरमा म, बुवा र आमा मात्र थियौं । त्यसकारण कण्डम कहाँ गयो भनेर सोध्ने हिम्मत गरिनँ । मैले त्यो कण्डम बुवाको सेक्रेट आरमालीमा ६ महिनापछि भेटेको थिएँ’, अभिषेकले खुलाएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १२ : ४७ बजे

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम