कमेडियन सिद्धार्थ दुर्व्यसन सुधार केन्द्रमा भर्ना « Khabarhub

कमेडियन सिद्धार्थ दुर्व्यसन सुधार केन्द्रमा भर्ना


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– भारतीय टेलिभिजन कमेडी शो ‘द कपिल शर्मा शो’ फेम कमेडियन तथा अभिनेता सिद्धार्थ सागर दुर्व्यसन सुधार केन्द्रमा भर्ना भएका छन् । उनले लागुऔषध सेवनको पुरानो बानी सुरु गरेपछि परिवारले उनलाई सुधार केन्द्रमा लगेको हो ।

मुम्बई प्रहरीले उनलाई गत अगष्ट २६ मा खराब अवस्थामा भेटेको थियो । त्यसपछि प्रहरीले उनकी आमालाई सम्पर्क गरेर छोराको अवस्थाबारे जानकारी दिएको थियो । प्रहरीको सुझाव अनुसार नै आमाले सिद्धार्थलाई दुर्व्यसन केन्द्रमा भर्ना गरेकी हुन् ।

आमाका अनुसार उनले सधैं नै छोरालाई दुव्र्यसनबाट टाढा राख्ने प्रयास गरेकी थिइन् । ‘म जहिल्यै उसको वरपर रहें । कहिल्यै उसलाई एक्लै छोडिन् । तर केही कामका लागि मलाई दिल्ली जानुपरेको थियो । त्यहाँबाट फर्किएपछि मलाई सिद्धार्थको बारेमा फोन आयो । मैले अहिले पनि के गलत भयो भन्ने कुरा सम्झेको छैन’, उनले भनेकी छन् ।

उनकी आमाले छोरालाई बाइपोलार रहेको र केही समयदेखि औषधि सेवन पनि बन्द गरेको खुलाएकी छन् । यद्यपि सिद्धार्थले केही वर्ष अघिको एक पत्रकार सम्मेलनमा यो कुरालाई अस्वीकार गरेका थिए ।

सन् २०१८ मा सिद्धार्थ केही दिनका लागि वेपत्ता भएका थिए । तर जब उनी सार्वजनिक भए, त्यो समयमा आफ्नो समस्या खुलाएका थिए । उनले आफू दुर्व्यसन सुधार केन्द्रमा आफ्नो समस्यासँग जुधिरहेको खुलाएका थिए ।

सिद्धार्थले ‘द कपिल शर्मा शो’ र ‘कमेडी सर्कस’बाट लोकप्रियता पाएका थिए । ‘कमेडी सर्कस’मा ‘सेल्फी मौसी’को उनको भूमिकालाई दर्शकले निकै मनपराएका थिए । उनलाई पछिल्लोपटक ‘जी कमेडी शो’मा देखिइएको थियो । जसमा फराह खान निर्णायक थिइन् ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ३ : १६ बजे

डा. केसीको अनशन: आज सरकारसँग वार्ता हुँदै

काठमाडौँ – धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग

फ्रान्स र स्पेनमा भीषण डढेलो, ३ लाख बढी मानिस विस्थापित

काठमाडौँ– फ्रान्स र स्पेनमा विगत केही दिनदेखि फैलिएको आगलागीका कारण

कोशीमा हिक्मतको विकल्प तिलकुमार

काठमाडौँ – नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीका लागि हिमतकुमार कार्कीको

‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “एक पटकको नेपाली, सधैँको

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा