कमेडियन सिद्धार्थ दुर्व्यसन सुधार केन्द्रमा भर्ना | Khabarhub Khabarhub

कमेडियन सिद्धार्थ दुर्व्यसन सुधार केन्द्रमा भर्ना


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– भारतीय टेलिभिजन कमेडी शो ‘द कपिल शर्मा शो’ फेम कमेडियन तथा अभिनेता सिद्धार्थ सागर दुर्व्यसन सुधार केन्द्रमा भर्ना भएका छन् । उनले लागुऔषध सेवनको पुरानो बानी सुरु गरेपछि परिवारले उनलाई सुधार केन्द्रमा लगेको हो ।

मुम्बई प्रहरीले उनलाई गत अगष्ट २६ मा खराब अवस्थामा भेटेको थियो । त्यसपछि प्रहरीले उनकी आमालाई सम्पर्क गरेर छोराको अवस्थाबारे जानकारी दिएको थियो । प्रहरीको सुझाव अनुसार नै आमाले सिद्धार्थलाई दुर्व्यसन केन्द्रमा भर्ना गरेकी हुन् ।

आमाका अनुसार उनले सधैं नै छोरालाई दुव्र्यसनबाट टाढा राख्ने प्रयास गरेकी थिइन् । ‘म जहिल्यै उसको वरपर रहें । कहिल्यै उसलाई एक्लै छोडिन् । तर केही कामका लागि मलाई दिल्ली जानुपरेको थियो । त्यहाँबाट फर्किएपछि मलाई सिद्धार्थको बारेमा फोन आयो । मैले अहिले पनि के गलत भयो भन्ने कुरा सम्झेको छैन’, उनले भनेकी छन् ।

उनकी आमाले छोरालाई बाइपोलार रहेको र केही समयदेखि औषधि सेवन पनि बन्द गरेको खुलाएकी छन् । यद्यपि सिद्धार्थले केही वर्ष अघिको एक पत्रकार सम्मेलनमा यो कुरालाई अस्वीकार गरेका थिए ।

सन् २०१८ मा सिद्धार्थ केही दिनका लागि वेपत्ता भएका थिए । तर जब उनी सार्वजनिक भए, त्यो समयमा आफ्नो समस्या खुलाएका थिए । उनले आफू दुर्व्यसन सुधार केन्द्रमा आफ्नो समस्यासँग जुधिरहेको खुलाएका थिए ।

सिद्धार्थले ‘द कपिल शर्मा शो’ र ‘कमेडी सर्कस’बाट लोकप्रियता पाएका थिए । ‘कमेडी सर्कस’मा ‘सेल्फी मौसी’को उनको भूमिकालाई दर्शकले निकै मनपराएका थिए । उनलाई पछिल्लोपटक ‘जी कमेडी शो’मा देखिइएको थियो । जसमा फराह खान निर्णायक थिइन् ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ३ : १६ बजे

मगर समुदायले भूमे पर्व मनाउँदै, लुम्बिनी प्रदेशका चार जिल्लामा बिदा 

दाङ– मगर जातिले आइतबार आफ्नो मुख्य भूमे पर्व मनाउँदै छन्

एकैस्थानमा १७ सय बढीले गरे रक्तदान

चितवन– चितवनमा आयोजना गरिएको रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले

रमेश भुसालको ‘छालबाटो’ माथि परिचर्चा 

पोखरा– पोखरामा शनिबार रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा गरिएको

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु

मोरङ– मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल  दुर्घटना हुँदा प्रहरी सहायक हबल्दार

क्लब वर्ल्ड कपको उद्घाटन : बराबरीमा रोकियो मेसीको टिम मियामी

काठमाडौं – फिफा क्लब वर्ल्ड कप २०२५ आइतबार सुरु भएको