अभिनेता अक्षय कुमारलाई मातृशोक | Khabarhub Khabarhub

अभिनेता अक्षय कुमारलाई मातृशोक


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक परेको छ । अक्षयले ट्वीटर र इन्स्टाग्राम एकाउण्टमार्फत आमा अरुणा भाटियाको निधन भएको जानकारी दिएका छन् ।

अभिनेताकी आमा केही दिनदेखि अस्वस्थ भएपछि उनी आइसियूमा उपचाररत थिइन् । ‘उहाँ मेरो लागि सबै कुरा हुनुहुन्थ्यो र आज म भित्रबाटै धेरै दुःखी महशुस गरिरहेको छु । मेरी आमा श्रीमति अरुणा भाटियाले आज बिहान शान्तपूर्वक यो विश्वबाट बिदा हुनुभयो । उनी मेरो पितासँग दोस्रो विश्वमा गएर मिल्नुभयो । म र मेरो परिवार जुन दुःखमा गुज्रिरहेका छौं । यसमा म तपाईंहरुको प्रार्थनाको इज्जत गर्छु । ओम शान्ति’, अक्षयले लेखेका छन् ।

अक्षयले मंगलबार इन्स्टाग्राममा एक पोस्ट शेयर गर्दै आमाका लागि केही घण्टा नाजुक रहेको र फ्यानलाई प्रार्थना गर्न आग्रह गरेका थिए ।

अक्षयको आमालाई मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो । यहीकारण लण्डनमा सुटिङ भइरहेको फिल्म ‘सिण्डरेला’को काम छोडेर अक्षय मुम्बई आएका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १२ : ०० बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच