अभिनेता अक्षय कुमारलाई मातृशोक « Khabarhub

अभिनेता अक्षय कुमारलाई मातृशोक


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक परेको छ । अक्षयले ट्वीटर र इन्स्टाग्राम एकाउण्टमार्फत आमा अरुणा भाटियाको निधन भएको जानकारी दिएका छन् ।

अभिनेताकी आमा केही दिनदेखि अस्वस्थ भएपछि उनी आइसियूमा उपचाररत थिइन् । ‘उहाँ मेरो लागि सबै कुरा हुनुहुन्थ्यो र आज म भित्रबाटै धेरै दुःखी महशुस गरिरहेको छु । मेरी आमा श्रीमति अरुणा भाटियाले आज बिहान शान्तपूर्वक यो विश्वबाट बिदा हुनुभयो । उनी मेरो पितासँग दोस्रो विश्वमा गएर मिल्नुभयो । म र मेरो परिवार जुन दुःखमा गुज्रिरहेका छौं । यसमा म तपाईंहरुको प्रार्थनाको इज्जत गर्छु । ओम शान्ति’, अक्षयले लेखेका छन् ।

अक्षयले मंगलबार इन्स्टाग्राममा एक पोस्ट शेयर गर्दै आमाका लागि केही घण्टा नाजुक रहेको र फ्यानलाई प्रार्थना गर्न आग्रह गरेका थिए ।

अक्षयको आमालाई मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो । यहीकारण लण्डनमा सुटिङ भइरहेको फिल्म ‘सिण्डरेला’को काम छोडेर अक्षय मुम्बई आएका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १२ : ०० बजे

बाढीपहिरो पीडितको उद्धार र राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौं– टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १०

भोटेकोशी बाढीपीडितका लागि प्याब्सन झापाको ७५ लाख सहयोग

झापा– भोटेकोशी बाढीबाट प्रभावितका लागि झापाका निजी विद्यालय, शिक्षक, विद्यार्थी,

नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस दीपककुमार साहले शपथ ग्रहण

साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय ग्राहकहरूका लागि