उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छा र आइएलओका निर्देशकबीच भेटवार्ता « Khabarhub

उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छा र आइएलओका निर्देशकबीच भेटवार्ता


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँग अन्तर्राष्ट्रिय श्रम सङ्गठनको यहाँस्थित नेपाल कार्यालयका निर्देशक रिचर्ड हवार्डले भेटवार्ता गरेका छन् ।

महासंघ सचिवालयमा आज भएको भेटकामा लगानी प्रवर्द्धन, रोजगारी सिर्जना, सामाजिक सुरक्षाका विषयमा छलफल भयो । उक्त अवसरमा श्रम सम्बन्ध, व्यवसाय प्रवर्द्धन र सामाजिक सुरक्षा योजनाको कार्यान्वयनलगायत विषयमा सहकार्य गरिने विषयमा कुराकानी भएको थियो ।

छलफलका क्रममा महासंघका अध्यक्ष गोल्छाले कोभिड महामारीबाट प्रभावितलाई आइसोलेशनलगायत सुविधा प्रदान गर्न आइएलओबाट प्राप्त आर्थिक सहयोगको लागि धन्यवाद ज्ञापन गरे ।

उनले महासंघले मुलुकको आर्थिक वृद्धि, रोजगारी सिर्जना र सामाजिक सुरक्षा कार्यन्वयनमा प्रतिबद्ध रहेको र सामाजिक सुरक्षाको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सरकार र ट्रेड युनियनसँग छलफल गर्न तयार रहेको बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ८ : ३० बजे

ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने

जनस्वास्थ्य संकट बन्दै विषालु च्याउः हरेक वर्ष कतिले गुमाउँछन् ज्यान ?

वर्षायाम सुरु भएसँगै आकाशबाट पानी पर्दा खेती किसानी गर्ने वर्गलाई

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको तयारी (तस्बिरहरू) 

काठमाडौं- चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको

लोप हुँदै थारु समुदायको ‘ढकिया’

तुलसीपुर– थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको