स्वरामाथि साइबर यौन उत्पीडन « Khabarhub

स्वरामाथि साइबर यौन उत्पीडन


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेत्री स्वरा भास्करले दिल्लीको वसन्त कुञ्ज नर्थ थानामा एफआईआर दर्ता गराएकी छन् । उनले ट्वीटर र युट्युबमा सक्रिय एक व्यक्तिले स्वराको फिल्मको एक दृश्य सामाजिक सञ्जालमा राख्दै आफ्नो पहिचान खराब बनाएको आरोप लगाएकी छन् । प्रहरीले आइटी एक्ट र एक अन्य धारा अनुसार निवेदन दर्ता गरेर छानविन सुरु गरेको छ ।

यो मुद्धा आपीसीको धारा ३५४ डी, ५०९(शब्द, हाउभाउ या कुनै महिलालाई अपमान गर्ने मनसाय) र आइटी एक्टको धारा ६७(विद्युत्तीय माध्यमबाट अश्लील सामाग्री प्रकाशन या प्रसारण गर्दाको सजाय)का अनुसार दर्ता गरिएको छ ।

केही दिन अघि फिल्म ‘वीरे दी वेडिङ’को मास्टरबेशनवाला दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो । स्वराको यही विषयमा आपत्ति हो ।

‘मेरा साथीहरु यो साइबर यौन उत्पीडन हो । सार्वजनिक क्षेत्रमा महिलाले सामना गर्नुपर्ने चुनौतिको बारेमा आउनुहोस् छलफल गरौं । प्रिय ट्वीटर आउनुहोस् कुरा गरौं कि कसरी तपाईंको प्लेटफर्म महिलाका लागि सुरक्षित बनाउन सकिन्छ ?’, स्वराले ट्वीट गरेकी छन् ।

स्वरा प्रायः सामाजिक सञ्जालमा ट्रोलर्सको निशानामा परिरहन्छिन् । कहिले उनी आफ्नो गृहप्रवेशको तस्वीरलाई लिएर त कहिले कुनै फिल्मको दृश्यलाई लिएर ट्रोल बन्छिन् ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ११ : ५० बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट