‘सुपरमेन’को नयाँ संस्करणमा समलिंगी कथा « Khabarhub

‘सुपरमेन’को नयाँ संस्करणमा समलिंगी कथा


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(बीबीसी)– डीसी कमिक्सले आफ्नो आगामी सुपरमेन जोन केन्ट ‘समलिंगी’ हुने बताएको छ । नयाँ कमिक संस्करण यसै वर्षको नोभेम्बरमा आउनेछ । जसमा जोन र उसको साथी जय नाकामुराको समलैंगिक सम्बन्ध देखाइनेछ ।

यो कथा ‘सुपरमेनः सन अफ ‘कल–एल’’को हिस्सा हो । जुन जोनको कथा हो । जो आफ्नो पिता क्लार्क केन्टको भूमिकालाई अगाडि बढाउनेछन् ।

डीसी कमिक्सले नेशनल कमिंग आउट डेको अवसर पारेर यो घोषणा गरेको हो । यो दिनलाई अमेरिकामा वार्षिक रुपमा समलैंगिकता जागरुकता दिवसका रुपमा मनाइन्छ ।

यो वर्षको जुलाईमा नयाँ सिरिज सार्वजनिक गरिएको थियो । यसमा जोनलाई जलवायू परिवर्तनका कारण लागेको आगो र हाई स्कुलको सुटिङबाट लडिरहेको र शरणार्थीहरुको प्रत्यर्पणविरुद्ध प्रदर्शन गरिरहेको देखाइएको थियो ।

यसअघि पहिलाका कमिक्स संस्करणमा जोनको साथी गुलाबीवाला कपाल, चश्मा लगाएको एक रिपोर्टर जेसँग देखाइएको थियो । कमिक्सका अनुसार आगामी छैटौं संस्करणमा जोन र जेबीचको रोमान्टिक सम्बन्धलाई देखाइनेछ ।

नयाँ कमिक्सको प्लट के हुन्छ भन्ने जानकारी अहिलेसम्म दिइएको छैन । तर डीसी कमिक्सले सार्वजनिक गरेको तस्वीरहरुमा जोन र जेलाई चुम्बन गरिरहेको देख्न सकिन्छ ।

‘जब मलाई यो कामको प्रस्ताव दिइयो, त्यही बेला आजको सुपरमेन कस्तो हुनुपर्छ भनेर सोचिसकेको थिएँ’, सिरिजका लेखक टोम टेलर भनेका छन् । टेलरले जोनलाई समलिंगीका रुपमा प्रस्तुत गर्ने सोच बनाइरहँदा कमिक्स पनि टेलरको अवधारणामा विचार गरिरहेको थियो ।

‘पछिल्लो केही वर्षमा एक वास्तविक बदलाव आएको छ । दश वर्ष अघि, पाँच वर्ष अघि यो अधिक कठिन थियो । तर मलाई लाग्छ कि वस्तुहरु वास्तवमै स्वागतयोग्य तरिकाले परिवर्तन भएका छन्’, लेखकले भनेका छन् । उनले सामाजिक सञ्जालमा हुने ट्रोललाई पर राखेर हेर्ने हो भने कथामा वास्तवमै सकारात्मक प्रतिक्रिया आइरहेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ४ : १५ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट